बेर्न। स्विट्जरल्याण्डमा नेपाली खाद्यसामाग्रीहरु सहितको नेपाली डिपार्टमेन्टल स्टोर्स संचालनमा आउने भएको छ। शनिबार देखि हुटविल बेर्नमा हिमालय नामको डिपार्टमेन्टल स्टोर्स संचालनमा आउन लागेको हो।

डेढ दशक देखि स्विट्जरल्याण्डमा बस्दै आएका किरण गुरुङले उक्त व्यवसाय संचालनमा ल्याउन लागेका हुन्। एसियन, अफ्रिकन तथा युरोपियन खाद्य सामग्रीहरुमा राखिने संचालक गुरुङले नेपालस्वीसलाई जानकारी दिए।

गुन्द्रुक, सिन्की, तामा, नेपाली डल्ले खुर्सानीको अचार, कोदोको पिठो, एवम् ब्रुनाईको स्वादिष्ट झिङ्गे माछा उललब्ध रहनेछन्। यस्तै पेय पदार्थ र गिफ्ट आईटमहरु समेत राखिने उक्त स्टोर्सबाट होम डेलिभेरीको समेत सुबिधा रहेको उल्लेख छ।

Previous articleहोटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा उप्रेती
Next articleएनआरएनएको १२ औं युरोपेली बैठक ईटालीमा सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here