काठमाण्डौ – देशको ५० लाख बढी जनसंख्या बिदेशमा छ। सानो देशबाट ठुलो सपना बोकेर बिदेशिएका नेपालीका आ-आफनै सपनाहरू छ्न। कला र संगीत मा आफुलाई स्थापित गर्ने प्रयास गर्दा गर्दै अधुरो रहेको सपना पूरा गर्ने इच्छा कता कता एउटा कलाकार सर्जकको मनमा सधै हुन्छ ।

करिब ३ वर्ष अघि सरिता लिङ्देनले आफ्नो डायरीमा लेखेर राखेको गीतले नयाँ जीवन पाएको छ। ‘ उडेर जाऊँ’ बोलको रोमान्टिक गीतमा चर्चित गायिका अन्जु पन्तको स्वर रहेको छ। यस गीतमा संगीत भर्ने काम मन्जुल मितेरीले गरेका हुन। गीतको संगीत संयोजन बादल लिम्बुले गरेका हुन।

लभ रोमान्सको भावमा प्रस्तुत गरिएको यस भिडियोमा नायिका तथा मोडेल रिमा बिश्वकर्मा र मोडेल निराजन प्रधानलाई प्रेम जोडीका रूपमा प्रस्तुत गरिएको छ। राम कुमार केसीले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन। सरिता लिङ्देन प्रस्तुतकर्ता रहेकोे म्युजिक भिडियोलाई सत्य राज चौलागाईले निर्देशन गरेका हुन।

Video Link : https://youtu.be/FL8LKAlRqCA

Previous articleतोकिएको मितिमै साग हुने नवनियुत्त सदस्य सचिब शिलवालको दाबी
Next articleगण्डकी प्रदेश आत्मनिर्भर बन्छ –नरदेवी पुन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here