पोखरा – राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिबमा नवनियुत्त भएका रमेश शिलवालले तोकिएको मितिमै १३ औं दक्षिण एसियाली खेलकुद (साग) हुने बताएकाछन्। सोमबार मात्र नियुत्त भएका सदस्य सचिव शिलवालले यस अघि सागको मिति पटक पटक सरेकोले यस पाली भने तोकिएकै मितिमा आयोजना गर्ने गरी आफुले त्यसको जिम्मेवार वहन गर्ने बताएका हुन ।

राखेपका अध्यक्ष तथा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सोमबार सिलवाललाई राखेप सदस्य सचिवमा नियुक्त गरेसंगै सपथ ग्रहण समेत गराएका थिए । राखेप सदस्य शिलवालले भन“ अबको करिब ४ महिना भित्र नेपालमा साग सम्पन्न गर्ने हामी तयार हुनु पर्छ, त्यसको लागि अब सवै खेल संघ र खेलाडीहरुले आफ्नो तयारीलाई तिव्रपार्नु पर्छ, हाम्रो आयोजनाको दृष्टिले हामी ४ महिनामा साग आयोजना गर्न सक्नु पर्छ अनि सक्छौं, सागको लागि जस्तो सुकै सामना गर्न पनि हामी तयार छौं । ” राखेपमा कुनै जागिर मात्र खान नआइ खेलकुदमा केही गरेर देखाउन आएको बताएका शिलवालले त्यस अनुसार आफु याक्सनमा जाने जनाए । उनले भने “ मेरो हनिमुन पिरियडमै नतिजा दिन्छु, यसमा सवैले साथ र सहयोग दिनु होला, तर काम गर्दै जादा मैलै केही गलत गरेमा संचारकर्मीले भित्रहरुले त्यसलाई उजागर गर्नुहोला, मैले स्वच्छ र पारदर्शी रुपमा काम गर्छु । ”

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले राखेपका नवनियुक्त सदस्य सचिव सिलवाललाई बधाई दिदै खेलकुदमा धेरै गर्न बाकी रहेको जनाए । कार्यक्रममा राखेपका निवर्तमान सदस्यसचिव केशवकुमार विष्ट, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना, सदस्य राजेशकुमार गुरुङ लगायतका विभिन्न खेलकुद संघका पदाधिकारीहरुको सहभागी रहेको थियो ।

Previous article‘भिजिट नेपाल २०२० लाई सफल पार्न स्विट्जरल्याण्डमा अभियान
Next articleरिमा र निराजनको जोडी म्युजिक भिडियोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here