कोपहेगन – नेपाली कांग्रेसका विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुको तीनदिने प्रशिक्षण भेला डेनमार्कको कोपनहेगनमा सुरु भएको छ । जून २१ तारिखदेखि २३ सम्म आयोजित भेलामा सहभागी हुन विश्वभरबाट जनसम्पर्क समितिका प्रतिनिधिहरु कोपनहेगन आएका छन् ।

पार्टीको केद्रीय नीति, अनुसन्धान, तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमको संयोजन नेपाली जनसम्पर्क समिति डेनमार्कले गरेको छ । कार्यक्रममा नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा. शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, नेताहरु मिनेन्द्र रिजाल, भीष्मराज आङदाम्वे, गगन थापा, धनराज गुरुङ, पुरूषोत्तम दाहाल लगायत केन्द्रीय नेताहरुको सहभागिता रहेकाे समितिले जनाएको छ ।

नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति विरेन्द्रसिंह कार्कीले विदेशमा रहेका नेपालीहरुले कुटनीतिक नियोग मार्फत मताधिकारको सुनिश्चिताका लागि दबाव सिर्जना गर्न भेलामा बृहत छलफल हुने बताए । उनले भने, ‘जनसम्पर्क समितिसँग आवद्ध विभिन्न विषयमा विज्ञता हासिल गरेका युवा विज्ञहरु छन्, देशको नीतिनिर्माणमा उनीहरुको प्रभावकारी भूमिका रहन्छ र यस विषयमा पनि व्यापक छलफल गर्नेछौं ।’

यसैगरी नेपाली कांग्रेसको नयाँ विधानका बारेमा कार्यकर्तालाई जानकारी गराइने कार्कीले बताए ।

कार्यक्रमलाई सफल बनाउन नेपाली जनसम्पर्क समिति, डेनमार्कका सभापतिको संयोजकत्वमा नेपाली पूर्वसभापतिहरु नबिन पौडेल, नवराज आचार्य-नविन), रामचन्द्र पाठक, त्रिलोचन सापकोटा, यमलाल सुवेदी वर्तमान महामन्त्री यादव बस्नेत र दिपेन्द्र चुँडाल सम्मिलित तयारी समिति गठन भएको छ । यस्तै अन्य २० उपसमितिहरु बनेका छन् ।

Previous articleपूर्व बाललडाकु नेपाल फर्कदै,युएन र ईयुले छिट्टै रिपोर्ट निकाल्ने दाबि
Next articleकाग्रेसले सरकार संञ्चालन गर्न पाए मात्र चमत्कार : महामन्त्री कोइराला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here