बार्सिलोना – द्वन्द्वकालमा लडाकू बनाएका बालबालिकाहरुका बारेमा जानकारी दिदै अन्तर्राष्ट्रियकरण गर्न युरोप आएका पूर्व बाललडाकु लेनिन विष्ट आज नेपाल फर्कदै छन्। बिगत ३ महिना देखि युरोपमा ब्यस्त बनेका बहिर्गमित जनमुक्ति सेना नेपालका संयोजक समेत रहेका विष्ट शुक्रबार नेपाल फर्कन लागेका हुन्।

सशस्त्र द्वन्द्वका क्रममा भएको बालसैन्य प्रयोगबारे उनले अन्तर्राष्ट्रिय युद्व अपराध अदालत हेगमा समेत पुगेर अधिकारीहरुसँग छलफल गरेका थिए। युरोप बसाईकोक्रममा संयुक्त राष्ट्रसंघ अन्तरर्गत बालबालिका तथा सशस्त्र हिंसामा परेकाहरूका लागि राष्ट्रसंघीय महासचिवका विशेष प्रतिनिधि भर्जिनिया गाम्बासँग भेटवार्ता गर्दै ज्ञापनपत्र बुझाए।

उनले नेदरल्यान्ड, बेल्जियम,जर्मनी, स्वीजरल्याण्ड र फ्रान्सका सांसद तथा अधिकारीहरुसँग भेटबार्ता गरे। युरोपका बिभिन्न बिश्वबिद्यालयमा पुगी आँफूले भोगेका अनुभवहरु सुनाउदै द्वन्द्वकालमा बालबालिकाहरुका प्रयोग भएको बारे जानकारी दिए।

युएन र ईयुले छिट्टै रिपोर्ट निकाल्ने दाबि

नेपाल फर्कनुअघि अनलाईनखबरसँग कुराकानी गर्दै बिष्टले बालसेनाबारे अन्तराष्ट्रियकरण गर्न सफल भएको बताए।
“आईसिसि, युएन, युरोपयिन युनियनदेखि सबैतिर जे गर्नुपर्ने हो गरे, अब रिजल्ट आउन समय लाग्छ। मुख्य कुरा त बाल सेनाको बारे अन्तराष्ट्रियकरण गर्न सफल भइयो।” उनले भने।

नेपालसरकारले युएन र युरोपियन युनियनमा झुटा रिपोर्टहरु प्रस्तुत गर्नेगरेको बिष्टको आरोप छ। उनले भने,” युएनमा सधै सरकारले राम्रो राम्रो रिर्पोट बुझाउथ्यो, भिक्टिमको कुरा सम्बोधन भयो भन्थ्यो, त्यो चाहि होइन रहेछ भन्ने कुराको प्रमाणित भयो। युएनले अब विस्तारै रिर्पोट निकाल्छ होला, इयुले पनि विस्तारै नेपालको ट्राजिसन जस्टिसमा बालसेनाको कुरा समेट्नुपर्छ, सम्बोधन गर्नुपर्छ भनेर निकाल्छहोला।”

नेपालमा आँफूलाई ज्यान मार्ने धम्कीसमेत आउने गरेको भएपनि फर्कन लागेको बताए। “सुरक्षा छैन नजानु भन्नेहरुछन् तर नेपालबाटै लड्नुपर्छ भन्ने विश्वास मेरो छ। मलाई थेट्रचाहि छ तर तिनिहिरुसँग डराएर हिड्नु भएन नी।”उनले भने।

Previous articleगुठी विधेयक नयाँ सिराबाट ल्याउनुपर्छ : प्रचण्ड
Next articleकाग्रेसकाे विदेशस्थित जनसम्पर्क समितिको भेला कोपनहेगनमा सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here