पोखरा – नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि एवम् केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशीले नेपाली काँग्रेसमा चुनाव जित्दा सवै राम्रो देखिने तर हार्दा सवैलाई नराम्रो देखिने परम्मपरा रहेको बताए ।
हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान अन्तरर्गत पोखरा महानगरपालिका १२ द्धारा आयोजित कार्यक्रममा वोल्दै नेता जोशीले ‘चुनाव जित्दा सवै राम्रो देखिने तर हार्दा सवैलाई नराम्रो देखिने परम्मपरा रहेको बताउदै नेपाली काँग्रेसका कार्याकर्ताहरुलाई एउटा चुनाव हाद्र्रेमा सवै चुनाव हारे जस्तो गरेर नबस्न आग्रह गरे’

‘आगामी चुनावमा काँग्रेसले दुई तिहाई बहुमत ल्याउने तयारी स्वरुप यो जागरण अभियान गरीएको बताउदै जोशीले गाँउ देखी केन्द्रीय समितीहरु सुध्रनु पर्ने बताए । नेता जोशीले नेकपाले झुट खेतीको प्रचार गर्ने गरेको बताउदै काँग्रेसले आफुले गरेका राम्रा कामहरुको पनि जनताहरुलाई बुजाउन नसकेको बताए’ ।
पुर्व सांसद शारदा पौडेलले अबको चुनावमा काग्रेस पहिलो पार्टी बन्ने बताउदै आगामी चुनावको तयारी अहिलै बाट गर्न कार्याकर्तालाई आग्रह गरिन । नेपाली काँग्रेस कास्कीकी सह–सचिव तथा जागरण अभियान पोखरा १२ की संयोजक रगिला आचार्यले काँग्रेसमा ३६४ दिन काँग्रेस हुने तर एक दिन काँग्रेस नहुने परम्परा रहेको बताउदै त्यसो गर्दा आफ्नो खुट्टामा आफैले बन्चरोले हाने बराबर हुने बताइन् ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि एवम् केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशीले पुर्व एस.पी. तथा बरीश्ठ समाजसेवी नरेश बहादुर कार्कीलाई नेपाली काँग्रेसको सदस्यता प्रदान गरेका थिए । नेपाली काँग्रेसको सदस्यता प्राप्त पछि कार्यक्रममा वोल्दै पुर्व एस.पी कार्कीले नेपाली काँग्रेसको जागरण अभियान मार्फत आफु काँग्रेसमा आवद्ध भएको वताउदै जागरण अभियान प्रत्येक नेपालीको घर घरमा लैजानु पर्ने बताए ।
नेपाली काँग्रेस पोखरा १२ का सभापति राधेश्याम कोइरलाको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेस क्षेत्रिय सचिव कृष्ण कोइरला पोखरा १२ का वडा अध्यक्ष राम वहादुर कार्की नेपाली काँग्रेस क्षेत्रीय प्रतिनिधी सन्तोष बास्तोला लगाएतले वोलेका थिए भने कार्यक्रम सन्चालन नेपाली काँग्रेस पोखरा १२ का सचिव रामजी बास्तोलाले गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका जेष्ठ सदस्यहरुलाई दोसला ओडाएर सम्मान गरीएको थियो भने विभिन्न व्यक्तीहरुलाई नेपाली काँग्रेसको सदस्यता प्रदान गरीएको थियो ।

Previous articleनेपाल स्काउटको रोभर मुट शुक्रबार देखि फेवाताल किनारामा
Next articleअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायत भ्रमणमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here