पोखरा – नेपाल स्काउटको आयोजनामा शुक्रबार देखि सुरु हुने प्रथम राष्ट्रिय रोभर मुट ( युवा सम्मेलन) कार्यक्रममा सहभागिताको लागि विदेशी ५ सय सहित ५ हजार जनाको सहभागिता हुने भएको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । रोभर मुटमा नेपाल सहित १४ देशका १६ देखि २५ बर्षसम्म उमेर समुहका युवाहरु पोखरामा भेला हुने भएकाछन्।
फेवातालको किनार कोमागाने पार्कमा ५ दिनसम्म संचालन हुने कार्यक्रममा विभन्नि जाति, भाषा, धर्म, संस्कृति र भूगोलका युवायुवतीले एउटै नारा एउटै उद्धेश्यका साथ एकै थलोमा सांस्कृतिक आदानप्रदान, भ्रातृत्व भगिनित्व विकास गर्दै समृद्ध नेपाल सुखी नेपालीको महाअभियानमा सक्रिय युवाहरुको सक्रियता रहने आफुहरुले विश्वास लिएको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले बताए । कार्यक्रममा नेपाल सहित, भारत, वंगलादेश, फिलिपिन्स, जोर्डन, हङकङ, अमेरीका, बेलायत, मलेसिया, थाईल्याण्ड, युगाण्डा, ताइवान, इजिप्ट र लग्जमवर्ग गरी १४ देशका प्रतिनिधि सहभागि हुने भएको संयोजक भण्डारीले दाबी गरे । कार्यक्रममा नेपालका ७ प्रदेश भित्रका ७ सय ५३ स्थानीय तहका युवा युवतीको सहभागिता रहने उनले जनाए ।
युवा केन्द्रित जमघट भएकोले उक्त कार्यक्रमलाई आफुहरुले ऐतिहासिक कार्यक्रमको रुपमा लिएको संयोजक भण्डारीले बताए । पोखरामा हुने उक्त कार्यक्रमले पोखराको पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने उनले दाबी गरे । ५ हजार जना युवाहरुलाई भने कोमागाने पार्कमै टेण्टमै व्यबबस्थापन गरिने भएको छ । युवा लक्षित विभिन्न छलफल, गोष्ठी, अन्तक्रिया सहितका सहासिक खेल गतिविधि रोप क्लाइम्बिङ, आमेगा जम्प, नेट क्रलिङ, ब्यालेन्सिङ बडी, स्विङ बोर्ड, रोप क्रसिङ, टाइगर जम्प, ब्याम्बो वाल्क, टायल वाल, आर्चरी, याफ्ट बोटिङ, वाटर साइक्लिङ जस्ता खेलहरु सहभागि गराइने भएको संयोजक भण्डारीले जनाए ।
यसै बिच उक्त कार्यक्रमको उद्घाटन शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा विश्व स्काउट संगठनका महासचिव अहमद राफी मोहम्मद अल्देन्दावी लगायतकाको सहभागिता हुने भएको छ ।
युवा युवतीहरूको शारीरिक, बौद्धिक, सामाजिक एवम् संवेगात्मक पक्षहरुको विकास गराई उनीहरुमा रहेको क्षमता प्रस्फुटन गराएर चरित्रवान नागरिक बनाई समाज विकासको अभियानमा सरिक गराउने उदेश्यकले कार्यक्रमको आयोजना गरेको बताइएको छ ।
उक्त कार्यक्रम सम्पन्न गर्न एक करोड २५ लाख खर्च लाग्ने भएको आयोजक नेपाल स्काउटले जनाएको छ । कार्यक्रममा ६ जना चिकित्सक सहितको टोली र एउटा एम्वुलेन्स सेवा तयारी अबस्थामा रहने भएको छ ।

Previous articleबजेट सार्वजनिक, सरकारी कर्मचारीको तलब बढ्यो, वृद्धभत्ता ३ हजार
Next articleचुनाव जित्दा सवैलाई राम्रो हार्दा सवैलाई नराम्रो : नेता जोशी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here