नेपाली डायस्पोराका विभिन्न विषयका सीप र दक्षता हासिल गरेका विशेषज्ञहरूको खासै कमी छैन। उनीहरू विभिन्न  विकसित मूलकमा रहेर आफ्नो दक्षतालाई निखारिरहेका छन्। सम्बृद्व नेपाल बनाउन बाहिर रहेका नेपाली विशेषज्ञहरूलाई समेटेर उनीहरूले सिकेको ज्ञान र विज्ञतालाई नेपालसँग जोड्न बेलाबखत चर्चा परिचर्चा हुँदै आएका छन्।

गैर आवासीय नेपाली संघ (एनआरएनए)ले विज्ञहरुलाई समेटेर गत अक्टोबरमा पहिलो विज्ञ सम्मलेन पनि सम्पन्न गरेको थियो। त्यसो त विभिन्न सम्बृद्व मुलुकहरूमा रहेका विज्ञहरुले बेलाबखत छलफल, अन्तरक्रिया, कार्यशाला गोष्ठीहरुपनि गर्दै आएका छन्। तर सम्बृद्व नेपाल बनाउनका लागि नेपाल सरकारले आफूहरुलाई समेट्न नसकेको उनिहरुको गुनासो छ।

यसै बीच संसारको दोस्रो ठूलो औषधि उत्पादक कम्पनी नोभार्टिसमा कार्यरत डा. राजु अधिकारीसँग हामीले भिडिओ कुराकानी गरेका छौं। एक दशक भन्दा लामो समय स्विस औषधि उत्पादक कम्पनीमा काम गर्दाको अनुभव डा. अधिकारीले सुनाए।

त्यसो त कडा रोगका औषधिहरु उत्पादन गर्ने स्वीस कम्पनी नोभार्टिससँग नेपालले सम्झौता गर्ने चर्चा पनि बेलाबखत चल्दै आएको छ। पूर्व स्वास्थ्य मन्त्रि तथा नेपाली कांग्रेसका युवा नेता गगन थापाले स्वास्थ्य मन्त्रालय सम्हाल्दा नोभार्टिसका प्रतिनिधिहरुसँग स्विट्जरल्याण्डमै छलफल गरेका थिए।

त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीले तिन महिना अघि स्विटजरल्याण्डको डावोस भ्रमण गरे। त्यतिबेला पनि नोभार्टिसका प्रतिनिधिहरुसँग उनले छलफल र कुराकानी गरेका थिए। अन्तर्राष्ट्रिय उत्पादक कम्पनीबाट सिधै खरिद गर्न सकेमा कडा रोगका औषधिको मूल्य कयौ गुना सस्तो पर्ने बताईन्छ। यसबारे पनि डा. अधिकारीसँग जिज्ञासा राखेका छौ।

प्रस्तुत छ:-  डा. अधिकारीसँग स्विट्जरल्याण्डको इन्टरल्याकेनमा पत्रकार बसन्त रानाभाटले गरेको भिडियो कुराकानी :-

Previous articleफ्रान्सको ८५० वर्ष पुरानो चर्चमा भीषण आगलागी
Next articleबहिर्गमित जनमुक्ति सेना नेपालका संयोजक लेनिन विष्टसँगको कुराकानी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here