सुन साइली, साइली, परदेश बाट म आउँला

सुन साइली, साइली, चालिस कटेसी रमाउँला।]…२

सुन साइली, साइली, दियोमा तेलै हुरुरु।

सम्झी कहिल्यै नरुनु।

सुन साइली, साइली, परदेश बाट म आउँला।

सुन साइली, साइली, चालिस कटेसी रमाउँला।

हेमन्त रानाको यो गीतले बिशेष गरी बिदेशमा रहेका लाखौ नेपालीहरुको मन छोयो। आफ्नो गाउँघरमा रहेका धेरै साईलीहरुको मन पनि रोह्यो। आखिर यो गीत गीतमा मात्रै सिमित रहेंन अन्तत: यसैलाई मूल बिषय बनाएर चलचित्र निर्माण भयो “साईली”।

साईली गीतमा गौरब पहारी र मेनुका प्रधानको जोडदार अभिनय थियो भने चलचित्रमा पनि यहि जोडीकै मुख्य भुमिकामा रहेको छ। बैदेशिक रोजगारीमा गएको श्रीमान् र गाउँमा श्रीमानको प्रतिक्षा गरेकी साईलीको प्रेम कथालाई मुख्य बिषय बनाएर चलचित्रको निर्माण गरिएको छ।

केहि साता अघि देशभर एकैसाथ प्रदर्शन भएको चलचित्र साइँलीको क्रेज विदेशमा बढेको छ। युरोपबासी नेपालीहरुले पनि चलचित्र हेर्न पाउने भएका छन्। यसैक्रममा स्पेनको बार्सिलोनामाअप्रिल २९ तारिख चलचित्रको बिशेष सो देखाईने नेपालोना ईभेन्ट्सले जनाएको छ।

सर्बाधिक चर्चा कमाएका नेपाली चलचित्रहरुलाई युरोपमा स्क्रीनिङ् गर्दै आएको नेपालोना  ईभेन्ट्सले जिरोना सिनेमा हलमा चलचित्र देखाईने बताएको छ। विदेशिएका नेपालीहरुको पारिबारिक कथामा आधारित चलचित्र भएकाले पनि दर्शकहरुको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ।

चलचित्रमा सहायक पात्रको भूमिकामा दयाहाङ राई प्रस्तुत भएका छन्। यस्तै प्रकाश घिमिरे, माओत्से गुरुङ, किरण चाम्लिङ राई, इष्टु कार्की,केनिपा सिंह लगायतका कलाकारहरु जोडदार अभिनय रहेको छ।

छायांकार शैलेन्द्र डी कार्कीले चलचित्रको कथालाई दृश्यमा कैद गरेका छन्। राम बाबु गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्र झन्डै २ करोड रुपैयाँको लगानीमा निर्माण भएको बताईन्छ।

थप बिबरणका लागि

मिति- अप्रिल २९ तारिख सोमबार

स्थान- जिरोना सिनेमा हल

समय- साँझ ५ बजे

टिकट शुल्क:- १० युरो

सम्पर्क:- नेपालोना  ईभेन्ट्स,

Previous articleएसिया, युरोप र अमेरिकाबाट तीन संचारकर्मी सम्मानित
Next articleफ्रान्सको ८५० वर्ष पुरानो चर्चमा भीषण आगलागी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here