काठमाडौ। नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानले तीन जना नेपाली संचारकर्मीहरूलाई सम्मान गरेको छ। प्रत्येक नेपाली नयाँ बर्षलाई अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसमा रुपमा मनाउँदै आएको प्रतिष्ठानले डायस्फोरामा रही नेपाली कला र संस्कृतिलाई योगदान दिएका संचारकर्मीहरूलाई सम्मान गरेको हो।

प्रतिष्ठानले आईतबार एक बिज्ञप्ति जारी गर्दै एसियाबाट पुरु जोशी, युरोपका वसन्त रानाभाट र अमेरिकाका बिजय थापालाई नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधिले सम्मान गरेको छ।

प्रतिष्ठानका अध्यक्ष नवराज पोखरेलले बिदेशमा रही नेपाली संस्कृति, साहित्य र संचारको क्षेत्रमा समर्पित भई आ-आफ्ना क्षेत्रबाट बिशेष योगदान दिदै आएका संचारकर्मीहरूलाई सम्मान गर्न पाउदा खुशी ब्यक्त गरेका छन्। रोमानियाका लागि अवैतानिक बाणिज्य दूत समेत रहेका पोखरेलले भने,” प्रतिष्ठानले अन्तराष्ट्रिय टोपी दिवसजस्तै केहि बर्ष यता नयाँ बर्षमा झण्डा दिवस पनि मनाउन लागेको छ,यहि अबसरमा हामीले पत्रकारहरुलाई समेत हौसला दिएका हौ।”

नेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधिले सम्मानित व्यक्तित्वहरु स्वतः यस प्रतिष्ठानको सदस्य रहने परम्परा रहेको बिज्ञप्तिमा उल्लेख छ। सम्मानित संचारकर्मीहरू मध्ये जोशीले दक्षिण कोरियालाई,रानाभाट स्पेन र थापाले अमेरिकालाई कर्मथलो बनाउदै आएका छन्।

स्पेनका प्रसाईको फोटो उत्कृष्ट

यसैबीच स्पेन निबासी जीवन प्रसाईको झण्डा सहितको फोटो उत्कृष्ट बनेको छ। प्रतिष्ठानले अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसमा आयोजना गरेको फोटो प्रतियोगितामा प्रसाईको फोटो उत्कृष्ट बनेको हो। प्रसाईलाई पनि नेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधिले सम्मान गरिने प्रतिष्ठानले जनाएको छ। प्रतियोगिताका लागि संसारभर छरिएर रहेका नेपालीहरुले लोकप्रिय भाईवर ग्रुप चौतारीमा नेपाली झण्डा सहितको फोटो पोष्ट गरेका थिए।

यसअघि ईटलीका दिनेश बाला श्रेष्ठ,  बेल्जियमका दीपक न्यौपाने र फ्रान्सका निर्मल अर्याल नेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधिले सम्मानित बनेका थिए। यसपटक पनि मानार्थ उपाधिले सम्मानित चारै जनालाई  प्रतिष्ठानको सदस्यता प्रदान गरिएको छ।

Previous articleबारा र पर्साका पिडितका लागि स्विट्जरल्याण्डबाट ३ लाख ६० हजार रुपैयाँ सहयोग
Next articleचलचित्र साइँली बार्सिलोनामा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here