जुरीख। ठूला–ठूला आकारमा सबै मुलुकका झन्डाहरु फरफराइरहेका छन्। तर, सानो त्रिकोण आकारमा रहेको नेपाली झण्डा टुप्पोमा टाँसेर झुण्डाइएको छ। झट्ट हेर्दा सेतो पर्दा मात्रै देखिन्छ। टाढाबाट हेर्दा त्यो नेपाली झण्डा नै हो भनेर यकिन गर्न समेत मुस्किल पर्छ ।

यो विश्व फुटबलको प्रशासकीय निकाय फिफाको मुख्यालयमा देखिएको दृश्य हो।

फिफाले आफ्ना सदस्य राष्ट्रहरुको झण्डा स्वीट्जरल्याण्डको जुरिचमा आफ्नो कार्यालय अगाडि राखेको भएता पनि नेपालको झण्डा भने अव्यवस्थित देखिएको छ।

नेपालको राष्ट्रिय झण्डा चार कुने आकार नभएको एक मात्र राष्ट्रिय झण्डा हो। तर फिफाको मुख्यालयमा चारकुने आकार भएको सेतो पर्दामा सानो आकारको झण्डा टाँसेर राख्दा अस्वाभाविक देखिएको छ।

जेनेभास्थित संयुक्त राष्ट्र संघको कार्यालय अगाडि भने त्रिकोणमा नै ठूलो आकार बनाएर नेपाली झण्डा राखिएको छ । तर, फिफाको मुख्यालयमा किन अव्यवस्थित किसिमले किन राखियो भन्ने खुलेको छैन।

प्रवेश सहज

सोमवार दिउँसो जुरिचस्थित फिफा मुख्यालयमा पुग्दा त्यहाँ कुनै सुरक्षाकर्मीहरु थिएनन्।

चारै तिर शान्त थियो। सदस्य मुलुकका झण्डाहरू फहराई रहेका थिए। मानिसहरूले फोटो खिची रहेका थिए। यहाँसम्म कि मुख्यालयभित्रै पसेर हेर्न र फोटो खिच्न पनि छुट थियो।

यसले फिफा संसारभरिका फूटबल दर्शकहरुसँग निकट सम्बन्ध बनाउन इच्छुक रहेको देखाउँछ।

संसार कै सम्पन्न मुलुकहरुमध्ये एक स्वीट्जरल्याण्डमा अन्यत्रको जस्तो भीआईपी संस्कृति नरहेको राजधानी बेर्नको संसद् अगाडि पनि स्पष्ट देख्न सकिन्थ्यो।

फिफा मुख्यालयमा पनि त्यसैको प्रतिछाया देखियो। फिफाले सर्वाधिक ठूलो र महत्त्वपूर्ण उत्कृष्ट फिफा फुटबल अवार्ड पनि हरेक वर्ष प्रदान गर्दै आएको छ।

Previous articleमहिला हिंसा विरुद्धको चलचित्र “अब त म बोल्छु”
Next articleहेर्नुहोस् स्वीट्जरल्याण्डको इन्टरल्याकेन,जहाँ बलिउड चलचित्रहरु बने (भिडियो सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here