जुरीख। दिदी बहिनी समाज भिक्टोरियाले चेतना मुलुक चलचित्र “अब त म बोल्छु” सार्वजनिक गरेको छ। अन्तरराष्ट्रिय महिला दिवसको अवसर पारेर समाजले महिला हिंसा विरुद्धको चलचित्र दुई साता अघि सार्वजनिक गरेको हो। बिकसित मुलुकमा रहे पनि नेपाली समुदायमा महिला प्रति गरिने दुर्व्यवहारलाई चलचित्र मार्फत प्रस्तुत गरिएको छ। घर परिवारमा नै आफू माथि हिंसात्मक व्यवहार भए सम्बन्धित निकायमा पुगी आवाज उठाउन महिलाहरूलाई प्रेरित गरिएको छ। वर्षा राज भण्डारी के.सीको परिकल्पना गरेको उक्त चलचित्रको निर्देशन जीवन रसाइलीले गरेका हुन्। कमला चालिसे हुमागाँईको कथामा उक्त चलचित्र बनाइएको हो।

Previous articleको हुन् स्वीट्जरल्याण्डका लागि नयाँ नेपाली राजदूत भट्टराई ?
Next articleफिफाको मुख्यालय अगाडि नेपाली झण्डाको बिजोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here