स्विट्जरल्याण्ड निवासी नेपाल स्वीसडटकमका फोटो पत्रकार शशी शंकर यादवलाई पितृ शोक परेको छ। स्विट्जरल्याण्डको जुरीख निवासी शशी शंकर यादवका पिताको बुधबार बिहान उपचारका क्रममा निधन भएको हो। हाम्रा सहकर्मी शशी शंकर यादवका पिताको असामयिक निधनको खबरले हामी नेपाल स्वीस डटकम परिवार अत्यन्त मर्माहत एवं स्तब्ध भएका छौँ। यस दुःखद घडीमा मृत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रदाञ्जली व्यक्त गर्दछौँ । साथै यस प्रकारको अकल्पनीय एवं अत्यन्त दुःखद घटनाबाट सहकर्मी यादव परिवारमा पर्न गएको अपूरणीय क्षतिप्रति दुःख प्रकट गर्दै यस दुःखद घडीमा धैर्य धारण गर्न सक्ने शक्ति मिलोस् भनि भगवानसँग प्रार्थना गर्दै सिंगो परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ।

Previous articleइटालीको रिमिनिमा ६१८ जना नेपालीहरुको चिहान..
Next articleयसपालीको दशैं कार्यक्रम बेर्नमा हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here