रिटर्नी माइग्रेण्ट नेपालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुको सक्रियतामा भर्खरै स्थापना भएको रिटर्नी माईग्रेण्ट नेपालको आयोजनामा गरिएको उक्त रक्तदान कार्यक्रममा अन्य विभिन्न संघ संस्थाहरुको पनि समन्वय रहेको थियो ।


काठमाडौँ महानगरपालिका ७ नं वडा कार्यालय चावहिल मित्रपार्कमा मंगलबार आयोजित उक्त रक्तदान कार्यक्रममा करिब एक सय जनाले फारम भरे पनि ३२ जना मात्र रक्तदानका लागि योग्य भई ३२ पाउण्ड रगत संकलन भएको थियो ।

७ नं. वडा अध्यक्ष शुद्ध कुमार डंगोलको प्रमुख आतिथ्यता र राष्ट्रिय युवा परिषदका निमित्त प्रशासक कर्ण बहादुर गुवाजु तथा उपसचिव देवी प्रसाद अधिकारीका साथै अन्तर्राष्ट्रिय नेप्लिज ब्लड डोनर्स (आईएनबिडी) का महासचिव निरञ्जन पौडेलको विशेष आतिथ्यतामा सम्पन्न उक्त रक्तदान कार्यक्रममा वडा कार्यालयका सदस्यहरु, सामुदायिक प्रहरी, रेडक्रस सोसाइटी, हिमबाला महिला समूह कि अध्यक्ष मेनुका सापकोटा लगायतका संस्था तथा संस्थाका पदाधिकारीहरुको विशेष सहयोग रहेको थियो ।


स्मरणर रहोस् भर्खरै मात्र स्थापित रिटर्नी माइग्रेण्ट नेपालको पहिलो पत्रकार सम्मेलन मार्फत संस्था स्थापनाको सार्वजनिकीकरण पश्चात् यो पहिलो औपचारिक कार्यक्रम हो । संस्था स्थापना पश्चात् गरिएको पहिलो कार्यक्रम भए पनि रक्तदान कार्यक्रम अत्यन्त सफल रहेको संस्थाका महासचिव लक्ष्मी प्रसाद आचार्यले बताए ।

Previous articleरिटर्नी माईग्रेण्ट नामक संस्था गठन
Next articleवैदेशिक रोजगार सञ्चय कोष गठनका लागि कार्यदल गठन गर्ने सरकारी निर्णयको एनआरएनएद्वारा स्वागत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here