नेपाली क्लासिकल म्यूजिक व्याण्ड “सुकर्म” स्विट्जरल्याण्डको कोलोटेनमा आउने भएको छ।

जुरीख निवासी दावा घिसिङको आयोजनामा २६ जुन २०१८ सोमवार बेलुकी हुने क्लासिकल म्यूजिक कार्यक्रममा उक्त व्याण्ड कोलोटेन आउने भएको हो।

Bücheler-Hus, Dorfstrasse 47, 8302 Kloten मा हुने सांगेतिक कार्यक्रम बेलुकीको २०:०० बजे सुरु भई २१:३० बजे सम्पन्न हुने आयोजकले जनाएको छ।

उक्त कार्यक्रम अवलोकनका लागि प्रवेश शुल्क २५ स्वीस फ्रान्क तोकिएको भने अन्य विस्तृत जानकारीका लागि मोबाईल नम्बर ०७८ ८३८ ४४ ७१ मा सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ।

१९९७ मा स्थापित “सुकर्म” नेपालको प्रतिष्ठित लोक समूह हो जसमा तीन जना प्रतिभाशाली कलाकारहरू समेटिएका छन्। उक्त समूहको सितारमा डा. धुर्वेश चन्द्र रेग्मी, बाँसुरीमा उमेश पण्डित र तबेलामा मनोज गौतम रहेका छन्। उनीहरू युवा पीढीहरूका लागि क्लासिकल संगीत प्रस्तुत गर्ने प्रयास गर्छन्। उक्त संगीत समूहले यूरोपका विभिन्न शहरहरूमा कन्सर्टहरू गर्ने तयारी भैरहेको जानकारी दिएका छन्।
आयोजकले दिएको जानकारी अनुसार कोलोटेनमा हुने उक्त सांगेतीक कार्यक्रममा अतिथिका रूपमा जर्मनीका संतोष राज गुरुङ आउने भएका छन्।

Previous articleलक्जम्बर्गमा हुने एनआरएनको एघारौ युरोपेली बैठक के-का लागि ? (अन्तरबार्ता)
Next articleएसईई परीक्षाको परीक्षाफल प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here