बार्सिलोना/ एनआरएनए प्रतिको सोच सकारात्मक र नकारात्मक दुवै किसिमको भेटिन्छ। बेलाबखत बिभिन्न टिका टिप्पणीहरु पनि सुनिन्छन्। संघ भित्र दिनानुदिन बिकृतिहरु बढ्दै गएको भन्दै  चिन्ता प्रकट गर्नेहरु पनि छन् । बिशेष गरी बिश्व सम्मेलन लगायत बिभिन्न बैठक तथा छलफलमा हुने खर्चलाई अनाबश्यक रुपमा ठान्नेको संख्या पनि बढ्दै गएको पाईन्छ। यता संघ भित्र गुट उपगुट बढ्दै गएकोमा धेरैको चिन्ता पनि छ।

उद्घोष गरेका कामहरु समयमा पुरा गर्न नसक्ने,प्रतिबद्दता वा घोषणापत्रमा उल्लेख भए अनुसार काम नहुने। बिभिन्न चरणमा सहयोगका लागि आँफैले बोलेको प्रतिबद्दता रकम लामो समय बितिसक्दा पनि बुझाउन नसक्ने लगायत आर्थिक पारदर्शिताका प्रश्नहरु संघ भित्र बेला बखत उठ्दै आएका छन्। एनआरएनका सम्मेलन तथा बैठकहरु खर्चालु हुने तथा घोषणापत्र अनुसार काम हुन नसकेको भन्दै बेलाबखत आलोचना पनि गरेको छ।

आगामी जुलाई २९ र ३० तारिख लक्जम्बर्गमा गैर आबासीय नेपाली संघ (एनआरएनए) को एघारौ युरोपेली क्षेत्रीय बैठक तथा नवौ महिला सम्मेलन हुँदैछ। युरोपेली धनी मुलुक लक्जम्बर्गको हिल्टन होटलमा हुने बैठक आखिर के का लागि ? यस अघिका सम्मेलनहरुमा घोषणा भएका प्रतिबद्दताहरु पुरा भए त ? सम्मेलन कत्तिको खर्चालु छ। बास्तवमा एनआरएनका यस्ता महङ्गा र खर्चिला बैठकहरु किन आयोजना गरिन्छन् ?

हरेक बर्ष हुने बैठकले युरोप क्षेत्रमा रहेका गैर आबासीय नेपालीहरुलाई लाभदायी छ त ? बैठक वा सम्मलेनका नाममा मानवतस्करी हुने गरेको कतिपयले आरोप पनि छ,यसबारे एनआरएन कत्तिको सजक छ त ? गैर आबासीय नेपाली संघ युरोप क्षेत्रका संयोजक शिबकुमार बरुवालसँगको कुराकानी कार्यक्रमएनआरएन टकमा” । बरुवाल ११ औ युरोपेली बैठक मूल आयोजक समितिका संयोजक समेत हुन्।

Previous articleएनआरएनए विज्ञ सम्मेलन अमेरिकामा सम्पन्न
Next articleनेपाली क्लासिकल म्यूजिक व्याण्ड “सुकर्म” कोलोटेन आउने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here