गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डका महासचिव एवं नेपाल स्विसडटकमका फोटो पत्रकार शुक्र श्रेष्ठ कि दिवंगत पुत्री स्व. स्रिदाको अन्तेष्ठी आगामी शनिबार गरिने भएको छ ।

स्विट्जरल्याण्डको सिवन निवासी शुक्र श्रेष्ठ तथा श्रीमती दीपा श्रेष्ठ खड्का कि कान्छी सुपुत्री स्रिदा श्रेष्ठको २२ मई २०१८ मंगलबार साँझ बासेलस्थित युनि बाल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

सन् २०१६ सेप्टेम्बर १४ मा जन्मिएकी स्व.स्रिदाको गत २५ मई शुक्रबारका दिन अन्तिम संस्कार गरिएको थियो।

स्थानीय प्रचलन अनुसार शवको अन्तिम संस्कार गरेपछि अन्तिम संस्कार गर्दा बाँकी रहेको अस्तुलाई तोकिएको स्थानमा लगेर गाड्ने र पछिल्ला दिनहरुमा मृतकका आफन्त, इष्टमित्र तथा शुभचिन्तकहरुले सोही स्थानमा गएर श्रद्धाञ्जली दिने गर्दछन्।

स्रिदाको अन्तेष्ठी आगामी शनिबार Friedhof, Friedhofweg 6, 5703 Seon  मा अपरान्ह १४:०० बजे स्थानीय प्रचलन अनुसार गरिने परिवार श्रोतले जनाएको छ।

Previous articleएनआरएनए स्वीसका महासचिव एवं नेपाल स्वीसडटकम कर्मी श्रेष्ठलाई पुत्री शोक
Next articleसंस्कृति र मानव बीचको संगमविन्दु हिमालहरु नामक कार्यक्रमको तयारी पूरा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here