गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डका महासचिव एवं नेपाल स्वीसडटकमका फोटो पत्रकार शुक्र श्रेष्ठलाई पुत्री शोक परेको छ।

स्विट्जरल्याण्डको सिवन निवासी शुक्र श्रेष्ठ तथा श्रीमती दीपा श्रेष्ठ खड्का कि कान्छी सुपुत्री स्रिदा श्रेष्ठको मंगलबार साँझ बासेलस्थित युनि बाल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

सन् २०१६ सेप्टेम्बर १४ मा जन्मिएकी मृतक स्रिदाको शवलाई आगामी २५ मई २०१८ शुक्रबार बिहान ०८:०० बजेदेखि ०८:४५ बजेसम्म बासेलको Friedhof am Hörnli, Hörnlialle 70, 4125 Riehen मा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने परिवार श्रोतले जनाएको छ।

हाम्रा सहकर्मी शुक्र श्रेष्ठ तथा श्रीमती दीपा श्रेष्ठ खड्काकी कान्छी सुपुत्री स्रिदा श्रेष्ठको असामयिक निधनको खबरले हामी नेपाल स्वीस डटकम परिवार अत्यन्त मर्माहत एवं स्तब्ध भएका छौँ। यस दुःखद घडीमा स्व. स्रिदाको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । साथै यस प्रकारको अकल्पनीय एवं अत्यन्त दुःखद घटनाबाट सहकर्मी श्रेष्ठ परिवारमा पर्न गएको अपूरणीय क्षतिप्रति दुःख प्रकट गर्दै यस दुःखद घडीमा धैर्य धारण गर्न सक्ने शक्ति मिलोस् भनि भगवानसँग प्रार्थना गर्दै सिंगो परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ ।

नेपाल स्वीस डटकम परिवार

Previous articleफ्राँकफर्टमा किराँत राई समुदायको उभौली पर्व सम्पन्न
Next articleस्व. स्रिदाको अन्तेष्ठी शनिबार गरिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here