माधव अधिकारी, काठमाण्डौं। ‘हरेक साँझ”लिएर आए पुराना गायक बिरेन्द्र गुरुङ

 बिरेन्द्रको  ”हरेक साँझ’  अर्जुन र जुना को दमदार अभिनय

नितिनको निर्देशनमा ,बिरेन्द्रको ”हरेक साँझ”

पुराना गायक बिरेन्द्र गुरुङको नयाँ गीत  ”हरेक साँझ’सार्बजनिक भएको छ  ।

बिरेन्द्रकै शब्द र स्वरमा केहि दिन अघि मात्र सार्बजनिक भएको गीतमा सुरेश सेन सिम्खडाको शब्द र राजन इशानको एरेञ्ज रहेको छ भने गीतको म्युजिक भिडियोलाई अहिले युवापुस्ता माझ  चर्चित रहेका निर्देशक नितिन चन्दले निर्देशन गरेका हुन भने  भिडियोमा जुना सुन्दास र अर्जुनकोअभिनय हेर्न सकिन्छ।

२०५७ मा पहिलो सांगीतिक एल्बम ‘प्रित ‘ बजारमा ल्याएर औपचारिक रुपमा नेपाली सांगीतिक बजारमा छाएका बिरेन्द्रले त्यसपछि २०६२ मा ‘रित’ र २०६४ मा

‘गहन’ गरि ३ वटा एल्बमहरु ल्याइसकेका छन्  तेश्रो एल्बम पछि बिभिन यूरोपियन देशहरु बेल्जियम ,पोर्तुगल ,फ्रान्स ,लगायतमा आफनो सांगीतिक यात्रा तय गरिसकेका बिरेन्द्र नेपालका चर्चित भिडियो निर्देशकहरु आलोक नेम्वांग ,बिजय लामासंग काम गरिसकेका छन्   ।

तिन वटा सांगीतिक एल्बम र धेरै सिंगल गीत सहित करिब ४ दर्जन गीतहरु  बजारमा ल्याइसकेका गायक गुरुङ छिट्टै नै पुन: यूरोपियन देशहरुमा सांगीतिक कन्सर्टको लागि जाने तयारीमा छन् । धादिङको  कटुन्जे  स्थायी घर भएका गुरुङ गीत संगीतको अलवा राजधानीमा  २ वटा होटेलहरुको  व्यवस्थापकको रुपमा  पनि सक्रिय छन्   ।

Previous articleझुमी झुमी गर्ल गायिकाको नया गीत ‘ब्युटिफुल गर्ल
Next articleअन्नपूर्ण क्षेत्रमा ‘टिम्स कार्ड’ अनिवार्य भएपनि व्यवस्थित नहुँदा राजश्व गुम्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here