माधव अधिकारी, काठमाण्डौं। झुमी झुमी गर्ल पछि ‘ब्युटिफुल गर्ल’.लिएर गायिका प्रजिता गेलाल

मनकी धनी प्रजिताको  ‘ब्युटिफुल गर्ल’.

समाज सेवा संगै गा

यनमा व्यस्त प्रजिताको  ‘ब्युटिफुल गर्ल’.

पछिल्लो समय नेपालमा जतिकै विदेशमा  बिशेष गरि अस्ट्रेलिया र अमेरिकाबाट पनि नेपाली म्युजिक भिडियोहरु बन्ने क्रम उतिकै बढेको छ नेपाली नया बर्ष पछिको  १ हप्तालाई हेर्ने हो भने विदेशबाट पनि धेरै भिडियोहरु रिलिज भए  त्यही मध्यको एक हो प्रजिता गेलालको

 ‘ब्युटिफुल गर्ल’

शैलेश अधिकारीको शब्द तथा संगीत र राहुल प्रधानको संगीत संयोजन  ‘ब्युटिफुल गर्ल’मा चर्चित र्यापर गिरिश खतिवडाको र्याप रहेको छ । गीतको म्युजिक भिडियोमा  रात्रि लाइफलाई चित्रण गरिएको छ । भिडियोमा प्रजितासँगै किशोर र आमिर पनि फिचर्ड छन् ।

 निकेश खड्काले निर्देशन गरेको भिडियोलाई संजीत श्रेष्ठको क्यामेरा र  बिकाश दाहालले सम्पादन रहेको छ ।

विदेशी भुमिमा रहेर पनि नेपाली गीतसंगीतमा आफुलाई निरन्तरता  दिईरहेकी गायिका गेलालको यस अघि ३ वटा गीति एल्बम आइसकेका छन् भने  करिब ४ दर्जन जति गीतहरु रेकर्ड भैसकेका छन्। पहिलो एल्बमको ‘चन्चल चन्चल’ गीतबाट  चिनिएकी प्रजितालाइ दोश्रो एल्बमको’ झुमी झुमी गर्ल’बाट एउटा छुट्टै पहिचान बनायो भने उनी धेरै माझ झुमी झुमी गर्ल भनेर चिनिन पुगिन हरेक प्रकार रास्ट्रीय, पप, डान्सीङ गीतहरु अनि म्युजिक भिडियोमा फरक फरक शैलीको प्रस्तुति गर्न मन पराउने उनले अस्ट्रेलियालगायत धेरै देशहरुमा सांगीतिक कार्यक्रम गरिसकेके छिन भने भ्याए सम्मको विभिन्न सामाजिक सेवामा पनि सहभागी भैरहेकी हुन्छिन । बिगत ९ बर्ष देखि अस्ट्रेलियाको एडिलेडमा बस्दै आएकी गायिका गेलाल लाइ तपाई  रुपकी जस्तै मनकी पनि धनी हुनुहुन्छ नी भन्ने प्रश्नमा  मनको धनी हुदा केहिबढी दुख गर्न परे पनि मनमा  संतुष्टि मिलेकोमा खुसि रहेको बताइन।

Previous articleकांग्रेस समीक्षा बैठकमा आरोप–प्रत्यारोप झन् चर्कियो
Next articleअर्जुन र जुना ,बिरेन्द्रको ”हरेक साँझ”मा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here