काठमाण्डौ – मुलुकभित्र कुनै पनि छलफल र तयारीबिनै नेपाल र भारतबीच पानीजहाज सञ्चालन गर्ने सहमति भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग पानीजहाज सञ्चालन गर्ने सहमति गरे पनि सम्बन्धित मन्त्रालयसँग छलफल भएको छैन।

भ्रमणको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि काठमाडौंम रेल, नेपाल र भारतबीच पानीजहाज चलाउने विषयमा सहमति भएको थियो।

यस वियमा सम्बन्धित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भने छलफलै भएको थिएन। मन्त्रालयका एकजना उच्च अधिकारीका अनुसार भारतसँग सहमति भएको पानीजहाज सञ्चालन जस्तो ठूलो लगानीको विषयमा मन्त्रालयमा कुनै पनि छलफल भएको छैन। आजको नागरिक दैनिकमा खबर छ ।

Previous articleऐतिहासिक महत्त्वको सिंहदरबार भत्काउन फेरि चलखेल सुरु
Next articleविमानस्थल रन वे मर्मतका लागि साढे आठ करोड रुपैयाँ विनियोजन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here