काठमाण्डौ – एक सय १४ वर्ष पुरानो ऐतिहासिक महत्त्वको सिंहदरबार भत्काउन फेरि चलखेल सुरु भएको छ । भूकम्पले पश्चिमतिरको भागमा क्षति पुर्‍याएको सिंहदरबार भत्काउने या नभत्काउने दुवै पक्षमा ‘लबिइङ’ हुँदै आएको छ ।

पुनर्निर्माण प्राधिकरणले सिंहदरबार रेट्रोफिटिङ (प्रबलीकरण) का लागि गत १८ गते खुला गरेको टेन्डर फेरि स्थगन गरेको सूचना जारी गरेको छ। यसले भत्काउने पक्षमा फेरि चलखेल बढेको खुलेको हो।

सिंहदरबारको बनोट र निर्माण विधिअनुसार भत्काउनु नपर्ने भन्दै पुरातत्त्वविदको सुझावमा प्राधिकरणले तीन महिनाअघि रेट्रोफिटिङ गर्ने निर्णय गरेको थियो। रेट्रोफिटिङपछि प्रयोग हुनै नसके पनि ऐतिहासिक महत्त्वको भएकाले जस्तो हालतमा छ, जोगाउनुपर्ने पुरातत्त्वविदको सुझाव छ।

करिब एक वर्षअघि पनि सिंहदरबार भत्काउने कि नभत्काउने विषयमा मतभेद भएको थियो। प्राधिकरणले रेट्रोफिटिङ गरेर प्रयोग गर्न सकिने भन्दै त्यसका लागि प्राधिकरणका सदस्य हरेराम पराजुली संयोजकत्वमा पुरातत्त्वविद्हरूसमेत सम्मिलित कार्यदल बनाएको थियो। प्राधिकरण स्रोतका अनुसार रेट्रोफिटिङका लागि केही प्रस्तावसमेत परिसकेको थियो। आजको कान्तिपुर दैनिकमा खबर छ ।

Previous articleमाओवादी मन्त्रीहरू प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट
Next articleतयारीबिनै नेपाल र भारतबीच पानीजहाज सञ्चालन गर्ने सहमति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here