काठमाण्डौ – शेरबहादुर देउवा नेतृत्वको सरकारले भूकम्प पीडित र वाढीपीडितलाई थप १ लाख अनुदान दिने निर्णय गरेको भनेर झुट बोलेको खुलेको छ। गत १० माघको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितले पाउने अनुदान रकम ३ लाखबाट वढाएर ४ लाख पु¥याउने निर्णय भएको सार्वजनिक गरिएको थियो। आजको नयाँ पत्रिका दैनिकमा जनार्दन बरालले खबर लेखेका छन्।

तर मन्त्रिपरिषद्को माइन्युटमा यो निर्णय उल्लेख छैन। मुख्य सचिव लोकदर्शन रेग्मीले पनि घुमाउरो भाषामा त्यस्तो निर्णय नभएको संकेत गरेका हुन्।

मन्त्रिपरिषद्का सबै निर्णय सरकारको वेबसाइडमा राखिन्छन्। तर भूकम्पपीडितले पाउने अनुदान रकम ३ लाखबाट वढाएर ४ लाख पु¥याउने र वढीपीडितलाई थप १ लाख रुपैयाँ अनुदान दिने भनेर देउवा सरकारले गरेको हल्ला सरकारी वेबसाइडमा छैन।

‘मन्त्रिपरिषद्का सबै निर्णय सरकारको वेबसाईडमार्फत सार्वजनिक गरिन्छ,’ मुख्यसचिव रेग्मीले भने, ‘भूकम्पपीडितका बारेमा निर्णय भएको हो भने त्यो पनि वेबसाइडमै हुन्छ, त्यहीँ हेर्नुस्। त्यहाँ छैन भने कुनै निर्णय भएको छैन भनेर बुझ्नुस्।’

Previous articleविदा कटौति निर्णय फिर्ता लिनुपर्नेमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको जोड
Next articleसांगठनिक भागबन्डाका विषयमा कुरा नमिल्दा एकता प्रक्रिया अड्कियाे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here