पोखरा – पोखरामा दोश्रो राष्ट्रिय खुल्ला स्केट बोडिङ्ग महिला तथा पुरुष च्याम्पियनशिप पोखरा रंगशाला स्थित अन्नपुर्ण स्केटवोर्ड स्थलमा सम्पन्न भएको छ । प्रतियोगितामा १४ वर्ष भन्दा माथी उमेर समुह पुरुष सिनियर तर्फ काठमाण्डौका गजेन्द्र वर्देवा प्रथम भएका छन् । त्यसै गरि कास्कीका समिर विल्सन द्वितिय र तेश्रो कास्की पेन्टोलिन शेर्पा तृतिय भए ।

यसै गरि १४ वर्ष भन्दा मुनी उमेर समुह पुरुष तर्फ काठमाण्डौका धिरज परियार प्रथम, कास्कीका सुमित गुरुङ द्वितिय र कास्कीका राज कुमार तृतिय भए । महिला तर्फ काठमाण्डौका लोरिन राई र रेजिना मर्हजनले प्रतियोगितामा सहभागिता जनाए । उनीहरुले आफ्नो खेल पर्दशन गर्दै महिलाहरु समेत यस खेलमा आर्कषण रहेको सहभागिता गर्न सकिन्छ भन्ने सन्देश दिएका छन ।

बिजेता हरु प्रथम र द्वितियलाई क्रमश नगद ५ हजार २ हजार ५ सयका साथमा १० हजार पर्ने स्केट बोर्ड र तृतियलाई स्केटबोर्ड र प्रमाणपत्र प्रदान गरिएको थियो भने महिला सहभागीहरुलाई प्रोत्साहान स्वरुप नगद र स्केट बोर्ड प्रदान गरिएको नेपाल स्केटिङ्ग तथा स्केट बोडिङ्ग संघका अध्यक्ष अच्युत खनालले जानकारी दिएका छन ।

बिजेताहरुलाई नेपाल स्केटिङ्ग तथा स्केट बोडिङ्ग संघका अध्यक्ष खनाल, उपाध्यक्ष चुडामणी खरेल, सचिब रामचन्द्र कोइराला, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, कास्की स्केटिङ संघका उपाध्यक्ष सुनिल पिसी, नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष लगाएतले नगद, प्रमाणपत्र र स्केटबोर्ड प्रदान गरेका थिए ।

नेपाल स्केटिङ्ग तथा स्केट बोडिङ्ग संघका अध्यक्ष खनालका अनुसार नेपालमा स्केट बोर्ड खेलको प्रवद्र्धन तथा खेलाडी उत्पादनका लागि संघले आफ्ना कार्यक्रमहरु अगाडी बढाएको बताउँदै सान २०२० मा जापानमा हुने ओलोम्पिक खेलमा नेपालका तर्फ बाट दुइ जना स्केट खेलाडीलाई वाइल्ड कार्ड इन्टरी मार्फत सहभागिता गराइने बताए । पोखरामा स्केट खेलको माध्यम द्वारा पर्यटन पवद्र्धन गर्न प्रचुर सम्भावना रहेको र यहाँको अन्पुर्ण स्केट पार्कलाई यथासिघ्र थप व्यवस्थित बनाउने समेत उनले बताए ।

पोखरा रंगशालाको स्केट पार्क विश्वकै दोश्रो नमुना र ठूलो मध्येको एक हो । यसै गरि संघका उपाध्यक्ष चुडामणी खरेलले नेपालको स्केट खेललाई थप माथी उठाउन संघले राष्ट्रिय खेलकुद परिषद लगाएत विश्व स्केट संघ संग आफ्ना योजनाहरु जानकारी गराएको बताउँदै नेपालमा स्केट खेलको प्रचुर संभावना रहेको बताए ।

यो खेलमा धेरै युवाहरुको आर्कषण रहेकोले पनि यसको बिकास एवम विस्तार गर्न संघले आफ्ना कार्यक्रमहरु अगाडी बढाएको बताए । यस अघि प्रतियोगिताको उद्घाटन पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेलले गरेका थिए । प्रतियोगितामा २० जिल्लाका १ सय जना खेलाडीको सहभागिता रहेको थियो ।

Previous articleसाईप्रसमा खासै राम्रो कमाई नहुने हुँदा उनले ईटाली जाने योजना बनाईन्
Next articleत्रिभुवन विमानस्थलको अल्टरनेटिभ एअरपोर्ट बनाइने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here