बार्सिलोनासाईप्रसमा खासै राम्रो कमाई नहुने हुँदा उनले ईटाली जाने योजना बनाईन्। साईप्रसबाट ईटाली पुर्याउँने थुप्रै बिचौलियाहरुको जमातबाट उम्कन पाईनन्। एकातिर महिनामा ३ सय १४ युरो कमाउन दिनहुँ घण्टौ काम गर्नु पर्ने बाध्यताबाट छुट्कारा पाईने,अर्को तर्फ महिनामा लाखौ युरो कमाई हुने र छिट्टै रेसिडेन्सी कार्ड बन्ने ईटालीको सपना।

आखिर उनि बिचौलियाले देखाएको ठुला ठुला सपनामा चुर्लुङ्ग डुबिन्। “विदेश आउनु भनेको पैसा कमाउन नै हो, साईप्रसमा न कमाउनै सकियो,न कागज नै बन्छ ? बरु दुई-चार लाख खर्च नै होस्,ईटाली पुगे भने त पैसा पनि हुन्छ,कार्ड पनि बन्ने” यही सोचेर नै ईटाली जाने निधो गरेको उनले सुनाईन्।

“साईप्रसको बोर्डर क्रस गरे पछि टर्की आयौ, बुल्गेरिया हुँदै सर्भिया आए,क्रोयसिया,स्लोभोनिया हुँदै ईटाली आउँदा २५ दिन लाग्यो। ३ हजार युरोमा ईटाली पुर्याईदिन्छु भन्थ्यो तर बिचबिचमा ब्लाकमेल गर्दै पैसा असुल्यो। पैसा नदिएको भन्दै एकजना दिदिलाई त कुटपिट पनि गर्यो।” दुख पोख्दै उनले सुनाईन् ईटाली आउँदा झन्डै ९ हजार युरो खर्च भयो।

साईप्रसबाट उनि एक्लै हिडेकी भए पनि बिचमा अन्य दुई नेपालीहरु भेटिए। तिन जना नेपाली चेली सहित अन्य मुलुकका आप्रबासीहरु गरी १२ जनाको टोलि अबैध रुपमा स्थलमार्ग हुँदै ईटाली त पुग्यो तर उनीहरुको धन कमाउने सपना भने सपना नै समिति रह्यो। न त बिचौलियाले भने जस्तो १२- १५ सय युरो महिनामा नै कमाई नै हुन्थ्यो,न त सजिलै रेसिडेन्सी कार्ड नै बन्थ्यो ?

म त झुट्टा आश्वासनमा फसे,मेरो जस्तो पिडा अन्य दिदिबहिनीहरुले भोग्न नपरोस् भनेर नै आज बोलेकी हुँ। उनले भनिन् ,”साईप्रस क्रस गरे पछि न यता न उताको बनायो। एउटा देशको बोर्डर क्रस हुना साथ फेरि नयाँ पेमेन्ट माथ्यो। ईटालीमा आईपुगि सके पछि पनि एउटा बन्द कोठामा थुनेर फेरि पैसा माग्ने। उसले मागेको पैसा पुरा नभएसम्म हामीलाई निस्कन दिदैन्थ्यो। एकैदमै टर्चर दिने। ट्ववाईट समेत जान दिदैन।”

भाबुक हुँदै उनले भनिन् “मैले एकदमै दुख भोगे त्यो मलाई मात्र थाहा छ। १०-१२ लाख रुपैयाँ कमाउन धेरै समय लाग्छ। युरोप भन्ने बित्तिकै लाखौ रुपैयाँ खर्च गर्न तयार भईहाल्ने सबैलाई बिनम्र अनुरोध गर्दछु। पैसा त खर्च हुन्छ हुन्छ उता मर्ने बाँच्नेको समेत कुनै ठेगान छैन। बरु साईप्रस र ईटाली आउँदा लाग्ने खर्चले नेपालमा नै केहिँ गर्न सकिन्छ।”

आफ्नो नाम र ठेगाना नखुलाईदिने शर्तमा कुराकानी गरेकी ति युवती हाल भने आँफू सुरक्षित रहेको बताउँछिन्। एनआरएनए ईटालीको सहयोगमा आँफू सहित ३ नेपालीहरुको उद्दार भएको उनले बताईन्।

कार्यक्रम एनआरएन टकका लागि प्रस्तोता बसन्त रानाभाटले उनिसँग गरिएको कुराकानी

Previous articleसिण्डिकेटवाला यातायात व्यवसायीको सरकार र कम्पनीलाई धम्की
Next articleराष्ट्रिय खुल्ला स्केट बोडिङ्गमा पुरुष सिनियर तर्फ काठमाण्डौका वर्देवा प्रथम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here