पोखरा – प्रदेश सांसद राजिव पहारीले फेवाताल संरक्षणको लागि २ महिनाको तलव दिएका छन् । नो भेहिकल जोन घोषणा कार्यक्रममा सांसद पहारीले आयकर कटाएर बाँकी २ महिनाको तलब ८० हजारको चेक पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष जगत पहारीलाई हस्तान्तरण गरेका हुन् । पहारी कास्की क्षेत्र नम्बर ३ को प्रदेश नम्बर २ बाट निर्वाचित सांसद हुन् भने फेवाताल सोहि क्षेत्रमा पर्दछ

चेक हस्तान्तरण गर्दै सांसद पहारीले फेवाताल बचाउनुपर्छ भनेर आफू सँधै चिन्तित रहेको र त्यसको प्रयास स्वरुप २ महिनाको तलव दिएको बताए । उनले फेवातालको आकार घटेर एक तिहाई मात्र बाँकी रहेको, त्यसको गहिराई २३ मिटरबाट घटेर १८ मिटरमा खुम्चिएको बताउँदै यसको संरक्षणका लागि कसैलेपनि चासो नदेखाएको भन्दै चिन्ता व्यक्त गरे ।

उनले फेवातालको नाममा राज्यले पर्यटन ब्यबसायीसँग हरेक वर्ष करोडौं रुपैयाँ कर उठाउने गरेको तर त्यहि फेवाताल संरक्षणको लागि राज्यले केहिपनि नगरेको भन्दै अबदेखी बजेट निर्माण गर्दा फेवाताल संरक्षणका लागि बजेट छुट्याउन माग गरे ।

Previous articleपाँच वर्षपछि चक्रपथ परिक्रमा मोनो रेलबाट गर्न पाइने दाबी
Next articleमाओवादी केन्द्रद्धारा प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here