पोखरा – केन्द्रीय को–अपरेटिभ प्रेसिडेन्ट सोसाइटीको आयोजनामा पोखरामा चैत १५ र १६ गते ‘को–अपरेटिभ इन्भेष्टमेन्ट समिट’ हुने भएको छ ।

लगानीको लागि कोप्स मोडल स्थापित गर्ने, बृहत् लगानीको वातावरण बनाउने, देशलाई उत्पादनमार्फत औद्योगिक क्रान्तिको दिशामा अघि बढाउने, विभिन्न प्रोजेक्ट बैंकबारे छलफल तथा निर्णय लिने उद्देश्यसहित उक्त सम्मेलन हुन लागेको पोखरा सोमबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो ।

त्यस्तै, फोहर मैला व्यवस्थापन र उद्योगको सृजना, सहकारी साख सूचना, सहकारी रेमिट्यान्स, सहकारी चेक क्लीयरिङ हाउस, सहकारी भुक्तानी लगायत स्थापनाका लागि छलफल एवं लगानीको प्रतिबद्धता जनाउने उद्देश्य पनि उक्त सम्मेलनको रहेको प्रेसिडेन्ट सोसाइटी अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए ।

त्यस्तै, कोप्स मोडलमा विभिन्न प्रोजेक्ट बैकमा छलफल गर्ने, रासायनिक मल कारखाना स्थापना, पोखरा पञ्चासे केवुलकार परियोजना र पर्यटकीय गाउँको सिर्जनाबारे पनि छलफल गरी करिब ६ अर्बको लगानीको प्रतिबद्धता हुनेछ ।

सम्मेलन उद्घाटन प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ र समापन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले गर्ने छन् । त्यस्तै पूर्व प्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराईको पनि सहभागिता रहने सम्मेलनमा प्रदेश ४ का विभिन्न राजनीतिक दलले प्रतिबद्धता समेत जनाउने कार्यक्रम छ । विषयविज्ञद्वारा कार्यपत्रसमेत प्रस्तुत गरिनेछ ।

सम्मेलनमा १ हजार जना भन्दा बढीको सहभागिता रहनेछ । जसमा प्रदेश ४ का आन्तरिक मामिला मन्त्रालयका मन्त्री, सांसद, प्रदेश ४ का विभिन्न सहकारी, राष्ट्रिय सहकारी संघ, राष्ट्रिय बचत संघ, विषयगत संघ, निजी क्षेत्र, कर्पोरेट हाउस, लायन्स तथा रोटरी क्लबका प्रमुख एवं प्रतिनिधि लगायतको सहभागिता रहने संस्थाका महासचिव रामचन्द्र शर्माले बताए । सम्मेलन सन्दर्भमा संस्थाले कोपइन्भेष्टमेन्टसमिट डटकम वेवसाइट समेत सार्वजनिक गरेको छ । आगामी दिनमा सात वटै प्रदेशमा इन्भेष्टमेन्ट समिट आयोजना हुने पनि जनाइएको छ ।

संस्थाका अध्यक्ष डिल्लीराम बरालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा स्वागत सल्लाहकार टोपराज ढुंगाना, संचालन सचिव तुलसीप्रसाद पोखरेल र धन्यवाद ज्ञापन सदस्य खेमनारायण पौडेलले गरेका थिए ।a

Previous articleएनआरएनएको एघारौ युरोपेली बैठकको तयारी
Next articleपोखराको रुपाताल छेउमा ‘सिस्टेनी मेला’ आयोजना हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here