काठमाण्डौ – आफूसँग बिहे गर्न नमानेको भन्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक युवकले छिमेकी गाउँकी युवतीमाथि निर्घात कुटपिट गरेका छन्। भवानी भट्टले आजको कान्तिपुरमा खबर लेखेका छन्।

भीमदत्त नगरपालिका ११ भुजेलाका राकेश चन्दले सोही नगरपालिका ५, वनगाउँकी २३ वर्षीया सुनिता चन्दमाथि बुधबार कुटपिट गरेका हुन्।

राकेशले सुनिताको आँखा औंलालले घोचिदिनुका साथै शरीरमा तातो घिउ खन्याइदिएका छन्।

तातो घिउले शरीरका विभिन्न भाग जलेको छ भने आँखा सुन्निएर टालिएको छ।

महेन्द्रनगरस्थित आँखा अस्पतालमा उपचार हुन नसकेपछि युवतिलाई धनगढीको गेटा आँखा अस्पताल रिफर गरिएको छ। वनगाउँका महिला जिल्ला प्रहरी कार्यालय पुगेर दोषीलाई पक्राउ गरी कडा कार्वाहीको माग गरेका छन्।

एसपी डिल्लीराज विष्टले दोषीको खोजी भइरहेको र उनलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ताको तयारी गरिएको बताए।

Previous articleपराजुलीको फैसलाका कारण ६१ अर्ब ९ करोड रुपैयाँभन्दा बढी राजस्व गुम्यो
Next articleसरकारी खातामा रकम न्यून

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here