काठमाण्डौ – प्रधानन्यायाधीश गोपाल पराजुलीले नेतृत्व सम्हालेपछि सर्वोच्च अदालतबाट जारी भएका आदेश र फैसलाका कारण देशले ठूलो परिणाममा राजस्व गुमाएको छ। त्यस्ता आदेश र फैसलाका कारण विभिन्न कम्पनीले राजस्वमा छुट पाएपछि सरकारले घाटा ब्यहोरेको हो। आजको नागरिक दैनिकमा खबर छ ।

पराजुली प्रधानन्यायाधीश भएपछि सर्वोच्चले टेलियासोनेरा एनसेल निरजगोविन्द श्रेष्ठ, सिनर्जी नेपाल, गोर्खा ब्रुअरी, सूर्य नेपाल, मल्ल होटल र अन्तःशुल्क नक्कली स्टिकरको मुद्दामा ती कम्पनीहरुकै पक्षमा आन्तरिम आदेश जारी गरेको थियो ।

ती कम्पनीहरुले बुझाउनुपर्ने ६१ अर्ब ९ करोड रुपैयाँभन्दा बढी राजस्वमा अन्तरिम आदेश भएपछि छुट पाएका छन् ।

Previous articleअवकाश पाएको चिठी अकास्मात् सार्वजनिक गरेपछि प्रधानमन्त्री ओली आश्चर्यमा
Next articleबिहे गर्न नमानेको भन्दै शरीरमा तातो घिउ खन्याइदिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here