काठमाण्डौ – ‘अवहेलना’ को प्रावधान दुरुपयोग गर्दै अदालत र प्रेस काउन्सिल मिडियामाथि नै ‘प्रि–सेन्सरसिप’ लगाउनेतर्फ गए सडक आन्दोलनमा उत्रने नेपाल पत्रकार महासंघले चेतावनी दिएको छ ।

‘प्रधानन्यायाधीशको अयोग्यताबारे लेखिएका समाचारलाई लिएर कान्तिपुरमाथि अवहेलना मुद्दा लगाइनु र समाचार छाप्न रोक्न प्रेस काउन्सिललाई आदेश दिइनु प्रेस स्वतन्त्रताविरुद्ध कदम हुन्,’ महासंघका महासचिव रमेश विष्टले भने, ‘अदालतले त्यही प्रकृतिको फैसला सुनाए महासंघ सडकमा उत्रन बाध्य हुनेछ ।’

प्रधानन्यायाधीश गोपाल पराजुलीको फरक–फरक जन्ममिति र प्रमाणपत्र सम्बन्धमा कान्तिपुरमा प्रकाशित समाचारले अदालतको अवहेलना भएको भन्दै दायर मुद्दाको सर्वोच्चमा सुनुवाइ जारी छ । यसअघि पराजुलीकै एकल इजलासले कान्तिपुरलाई सर्वोच्चमा झिकाउनुका साथै ‘सेन्सरसिप’ लगाउन काउन्सिललाई आदेश दिएको थियो ।

उक्त कदमले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नै संकुचित हुने स्थितिमा पुगेको निचोडसहित कान्तिपुरप्रति ऐक्यबद्धता जनाउन महासंघको उच्चस्तरीय टोली आइतबार कान्तिपुर कार्यालयमा आएको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Previous article५९ वर्षमा पहिलोपटक मुलुकले बलियो सरकार पायो
Next articleरेल सेवा विस्तार गर्न भारतीय अधिकारीहरूले स्थलगत अध्ययन गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here