पोखरा – प्रदेश ४ को संसदमा आर्थिक कार्यविधि नियमावली तथा व्यवस्थित गर्न बनेको विधेयकलाई पारित गरेको छ । प्रदेश ४ का मुख्य मन्त्री एवम् आर्थिक मामिला तथा योजना मन्त्री पृथ्वी सुव्वा गुरुङ प्रदेश सरकारको आर्थिक कार्यविधि नियमावली तथा व्यवस्थित गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि प्रस्तुत गरेमा प्रस्ताव बैठकले सर्वसहमतीले पारिद गरेको हो ।

यस अधि बसेको सभाले ५ जनाको विधायन समितिमा सदस्य चयन गरेको छ । बैठकमा सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभा नियमावली २०७४ को नियम १४८ बमोजिम प्रदेश सभाको कार्य प्रणालीलाई व्यवस्थित बनाउन प्रदेश सभा अन्तर्गत विधायन समितिमा मोहनप्रसाद रेग्मी, विष्णुप्रसाद लामिछाने, आशा कोइराला, टेकबहादुर घर्तीमगर र धनमाया लामाको नाम प्रस्ताव गरेका थिए ।

सभामुखले प्रस्तुत गर्नुभएको विधायन समितिका सदस्यको नाम सभाले सर्वसम्मत अनुमोदन गरेको थियो । अर्काै बैठक चैत्र ५ गते १ वजे बस्ने छ ।

Previous articleपोखरा लेखनाथ महानगरपालिकाको नगर सभा आज, १७ वटा विधेयक प्रस्तुत हुने
Next article५९ वर्षमा पहिलोपटक मुलुकले बलियो सरकार पायो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here