पोखरा – प्रदेश नं चारका आन्तरिक मामिला तथा कानून मन्त्री हरिवहादुर चुमानले स्थानीय, प्रदेस र केन्द्रको निर्वाचनले संघियताको राजनीतिक व्यवस्थापन मात्र भएको भन्दै अव यस्को व्यवहारिक कार्यान्वयनमा जुट्न सवैलाई आग्रह गरेका छन् ।

कास्की, स्याङजा र तनहुँको ऐतिहासिक संगम स्थल प्युरीदोभानमा स्थानिय व्राईट फ््युचर युवाक्लवले आयोजना गरेको प्युरीदोभान फागुपुर्णिमा मेलाको शुक्रवार उद्घाटन गर्दै मन्त्री चुमानले विविधतायुक्त नेपाललाई शुन्दर र नेपालीलाई सुखी वनाउन लाखौ नेपालीले रगत पसिना र आँसु वगाउनु परेको वताए । विभेदको माध्यमवाट उत्पीडनमा परेका विभिन्न जाती तथा समूदायलाई मुक्त गर्नकालागी संघियता चाहिएको भन्दै मन्त्री चुमानले संघियताको व्यवहारीक कार्यान्वयनमा प्रदेश सरकारको भूमीका वढी हुनहुँदा त्यसै अनुरुप आँफूले काम गर्ने स्पस्ट पारे । ‘प्रदेश सरकारले आँफू र स्थानीय तहलाई अधिकार सम्पन्न वनाउदै केन्द्रीय सरकारसँग समन्वय गर्दछ’ उनले भने ।

मन्त्री चुममानले अवको राजनीति विकास निर्माणका कामसँग जोडिनुपर्ने वताए । वास्तविक राजनीति भित्र राम्रो काम मात्र हुनुपर्ने भन्दै उनले राष्ट्र र जनतालाई विगार्नेगरी कुनैपार्टी तथा नेताले गरेको नराम्रो कामलाई राजनीति मान्न नसकिने विचार व्यक्त गरे ।

शुकला गण्डकी नगरपालिकाको प्रमुख किसान गुरुङले विकास र समृद्धीका लागी स्थानीय तहले जनतालाई अधिकार सम्पन्न वनाउदै लैजाने वताए । शुक्ला गण्डकी नगरपालिका वडा नं १२ का वडाध्यक्ष मनराज गुरुङले शडक, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुराको पुर्वाधार खडा गर्न सके यस ठाउमा हुने वसाई सराईको समस्यालाई समाधान गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे । मेला शनिवार सम्म चल्ने छ ।

मेलावाट आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ । प्युरीदोभान आँफैमा ऐतिहासिक स्थल हो । वाईसे चौविसे राजाका पालाका भग्नावशेष समेत त्यहा देख्न पाईन्छ । तत्कालीन राजा मानदेवले त्यहीवाट आफ्नो शासन चलाउदथे । राजा मानदेवको पालाको भग्नावशेस सैन्य भवनले त्यस क्षेत्रको ऐतिहासिक महत्व अझ वढी दर्शाउदै आएको छ ।

प्राचिन कालदेखी नै फागु पुर्णिमाको भोलीपल्टवाट होलीदेवीको पुजागरी सार्वजनीक मेला लाग्ने प्रचलन रहेको र त्सैको निरन्तरा स्वरुप मेला आयोजना गरिएको मेला संयोजक राजकुमार केसीले वताए । ।

मेलामा होली खेल्नुका साथै दर्शकको मनोरञ्जनका लागी राष्ट्रिय स्तरका ख्यातीप्राप्त कलाकारले विविध सास्कृतीक कार्यक्रम प्रस्तुत गरेका थिए । स्थानीय ससकृती झल्कने लाखे नाचले दर्शकहरुको मन लोभ्याएको थियो । क्लवका अध्यक्ष विनोद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी पुर्ण वहादुर श्रेष्ठ,, शालिग्राम पौडेल लगाएतले शुभकामना व्यक्त गरे ।

Previous articleबुद्धिष्ट सर्किट संचालनमा आउन सके पर्यटन बृद्धिमा सहयोग पुग्छ : राजदूत लिन
Next articleघूस रकम बाँडफाँटको विषयलाई लिएर कार्यालयभित्रै कुटाकुट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here