स्वीट्जरल्याण्डमा रहेका नेपालीहरुले गत शनिबार ग्याल्पो ल्होसार मनाएका छन् ।
स्वीस शेर्पा सोसाइटीको आयोजनामा स्विट्जरल्याण्डको बासेल शहरमा आयोजित एक कार्यक्रमका बीच ग्याल्पो ल्होसार सम्पन्न भएको हो ।


शेर्पाहरूको रीतिरिवाज अनुसार पूजाआजा गरेर शुभारम्भ गरिएको उक्त कार्यक्रममा
सोसाइटीका सदस्य आङ तेञ्जिङ शेर्पाले उपस्थित पाहुनाहरूलाई स्वागत गर्दै सबै जनाको सहयोग अनि मिलेर कार्यक्रम आयोजना गर्दा कार्यक्रम सफल र राम्रो हुने भन्दै सबै पाहुनाहरुलाई ल्होसार कार्यक्रममा उपस्थित भई दिएकोमा धन्यवाद ज्ञापन गरेका थिए। भेटघाट हुदा वा बिदाई गर्दा शेर्पाहरुको खादा लगाउने चलन अनुसार उपस्थित पाहुनाहरु सबैलाई खादा लगाई सत्कार गरिएको थियो ।

ग्याल्पो ल्होसारमा नेपाली दूतावासका तर्फबाट प्रतिनिधि, स्विट्जरल्याण्ड स्थित नेपाली संघ(संस्थाका पदाधिकारीहरु लगायत शेर्पाली भेष भूषामा सजिएर फ्रान्स, जर्मनी र स्विट्जरल्याण्डका बिभिन्न सहरहरुबाट नेपाली र विदेशीहरुको बाक्लो उपस्थिति थियो।
कार्यक्रममा विदेशमा बिरलै पाईने छ्याङ, म म र ल्होसारका अवसरमा बनाइने मीठा मीठा खानाका परिकारहरु बनाएका थिए।

नेपाली डिजे र शेर्पाली लोक भाकाका गीतहरुको तालमा नाच्दै उपस्थित पाउनाहरुले निकै मनोरञ्जन गरेका थिए।

सोसाइटिका संयोजक पुला शेर्पा र सदस्यहरु कार्यक्रम सोचे जस्तै सफल भएकोमा खुसी देखिन्थे ।

शेर्पा समुदायले ग्याल्पो ल्होसारलाई ३ दिनसम्म बिशेष महत्व दिएर मनाउने गर्दछन् । यस अवसरमा शेर्पा समुदायले पारिवारिक जमघट तथा आफन्तसँग भेटघाट गरि मीठा मीठा परिकार खाँदै एक अर्कामा शुभकामना आदानप्रदान गरि मनाउने प्रचलन रहेको छ ।

Previous articleएनआरएनए महिला फोरम स्वीट्जरल्याण्डले १०८ औं नारी दिवस मनाउने
Next articleप्रधानमन्त्री आलोपालो गर्ने गरी पार्टी एकिकरण गर्ने सहमति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here