विगतका वर्षहरुमा झैं यस वर्ष पनि गैर आवसीय नेपाली संघ महिला फोरम स्वीटजरल्याण्डले एक कार्यक्रमको आयोजना गरी अन्तराष्ट्रिय नारी दिवस मनाउने भएको छ ।
‘प्रगतिका लागि सञ्चार’ भन्ने मूल नाराका साथ आगामी १० मार्च शनिबारका दिन १०८ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउन लागिएको एनआरएनए महिला फोरम संयोकज शुभ एल्मर लामाले बताइन् । कार्यक्रममा महिला जागरण सम्बन्धी नेपालमा भईरहेका केही परियोजनाहरुका बारेमा बिस्तृत जानकारी दिनुका साथै नेपालका विभिन्न क्षेत्रमा एनआरएनए महिला फोरम स्वीट्जरल्याण्डको सक्रियता एवं संलग्नताका बारेमा बिस्तृत विवरण पेश गरिने आयोजकले जनाएको छ ।
नेपाली दूतावास स्वीट्जरल्याण्डका महामहिम राजदूत श्री दिपक धितालको प्रमुख आतिथ्यता तथा नारि समाज पोर्चुगल कि अध्यक्ष तथा एन आर एन महिला फोरम पोर्चुगल कि संयोजक सिता बराल एवं नारी समाज पोर्चुगल कि महासचिब मीना खरेलको विशेष आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रममा सांस्कृतिक कार्यक्रमका साथै विशेष प्रकारका नेपाली परिकारहरुको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
सहभागिताका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको कार्यक्रममा खानाको लागि २० स्वीस फ्रान्क तिर्नु पर्ने छ भने विद्यार्थी एवं १० वर्षभन्दा मुनिका बालबालिकाहरुका लागि भने १० फ्रान्क तिर्नु पर्ने व्यवस्था गरिएको छ ।
कार्यक्रम सम्बन्धी सम्पूर्ण विवरण तल दिइएको छ :

Previous articleको बन्छ करोडपतिको नेपाली संस्करण छिट्टै एपिवानमा
Next articleस्वीट्जरल्याण्डमा ग्लाल्पो ल्होसार मनाइयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here