नेदरल्याण्ड्सबाट हरि पौडेलले आगामी गैर आवासीय नेपाली संघ नेदरल्याण्ड्सको युरोपेली क्षेत्रिय संयोजकमा उम्मेद्वारी दिने भएको  छ । एनआरएनको विश्व सम्मेलन आगामी अक्टोबर महिनामा काठमाण्डौंमा संपन्न हुन गैरहेको छ ।  लामो समयदेखि युरोपमा बसोबास गर्दै आएका पौडेल गैर आवासीय नेपाली संघ नेदरल्याण्डका पुर्व अध्यक्ष तथा युरोपेली डायस्पोरामा समाजसेवी तथा सामाजिक अभियन्ताका रुपमा स्थापित नाम हो ।

विषेश गरेर सवैको एनआरएन बनाउने, नेपालमा लगानीको मात्रै कुरा भन्दा पनि प्रवासमा रहँदा अवैधानिक बसाइ लगायत स्वास्थ्य, भाषा, कानुनी सहयोग जस्ता कुराहरुलाई पनि साथ साथै लगेर एनआरएनलाई सवैको आकर्षण तथा भरोषाको केन्द्र बनाउने लक्ष्य रहेको बताए।

एनआरएनको दोश्रो पुस्तामा नेपाली भाषा, संस्कृति , रिती रिवाज र नेपालीपनलाई जोगाइराख्ने ठुलो चुनौति रहेको छ । यो मुद्धालाई समयमा नै संवोधन गर्न नसकेमा एनआरएन अभियान पहिलो र अन्तिम पुस्ता यहि हुने चिन्ता रहेको छ , उम्मेद्वार पौडेलले बताए ।

आफ्नो स्पस्ट योजना यथाशिघ्र सार्वजानिक गर्ने प्रतिवद्धता सहित आँफुलाई सहयोग गर्न सवैलाई आव्हान गरेको छ । उम्मेद्वार पौडेल समाजसेवा बाहेक साहित्यकारका रुपमा समेत स्थापित छन्।

Previous articleसेप्टेम्बर ३० मा जुरीखमा दशै कार्यक्रम हुने
Next articleएनआरएनए स्विट्जरल्याण्डको पद हस्तान्तरण कार्यक्रम सम्पन्न, सदस्यहरु मनोनीत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here