१२ सेप्टम्बर २०१७, स्विट्जरल्याण्ड। नेपालीहरुको महान चाड बिजया दशमीको पावन  अवसरमा ३० सेप्टेम्बर २०१७ शनिबारको दिन जुरीखमा  दशै कार्यक्रम हुने भएको छ।

स्विट्जरल्याण्डमा बसोबास गर्नु हुने संम्पूर्ण नेपाली दाजुभाई तथा दिदीहिनीहरु बीच बडादशैको शुभकामना आदान प्रदान गर्ने उद्देश्यले स्विस नेपाली समाज र गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डको संयूक्त आयोजनामा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रममा दुर्गा पुजा, टिका ग्रहण र सांकृतिक कार्यक्रम हुने  आयोजकले जानकारी गराएको छ।

दिनको १५:३० बजेबाट सुरु हुने कार्यक्रमको बारेमा बिस्तृत जानकारीको लागि कमल भट्ट ०७९ ७४२ १० २४ र भूमिराज गुरूङ ०७६ ४२७ ५४ ४३ लाई सम्पर्क गर्न सक्नु हुने छ।

Previous articleएनआरएनए,पोर्चुगलको अध्यक्षमा कुवेर कार्की , वरिष्ठ उपाध्यक्षमा कमल गुरुङ बिजयी
Next articleएनआरएनए युरोप संयोजकमा हरि पौडेलले उम्मेद्वारी दिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here