गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डको यहि ३ तारीख बेर्नमा हुन गईरहेको निर्वाचनमा उपाध्यक्ष पदको लागि शिव सुब्बाले उम्मेद्वारी घोषणा गरेका छन्।

२१ बर्ष देखि स्विट्जरल्याण्डको बेर्न शहरमा परिवारका साथ बसोवास गर्दै आईरहेको सुब्बा बेर्न नेपाली समाजका उपाध्यक्ष हुन्। बेर्न नेपाली समाजको स्थापनाकाल सन् २००८ देखिनै सुब्बा समाजमा आवद्ध छन्।

स्विट्जरल्याण्ड स्थित बिभिन्न सरकारी तथा गैर-सरकारी संघ-संस्थाहरु संग समन्वय र सहकार्य गर्दै भूकम्प पिडित र बाढिपहिरो पिडितहरुलाई नेपालमा सहयोग पुर्याएको र नेपाली भाष, सांस्कृतिक कार्यक्रम लगायत खेलकूदहरु आयोजना गर्दै आईरहेको उनले जानकारी गराए।

गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डको आगामी कार्यकाल २०१७-२०१९ को उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्दै विगतका अनुभव सहित नयाँ जागर, सोच, समाज सेवा प्रति स्वच्छ बिचार, सम्बृध नेपालको अभियानमा सधै साथ र संघको कार्य योजना इमान्दारि पूर्व निभाउने  प्रतिवद्धता गर्दै  ३ सेप्टेम्बरका दिन हुने निर्वाचनमा तपाईहरुको अमुल्य भोटको अपेक्षा गरेको उनले बताए।

Previous articleएनआरएनए स्विट्जरल्याण्डको आईसिसि सदस्यमा धर्म गुरुङको उम्मेद्वारी घोषणा
Next articleएनआरएनए स्विट्जरल्याण्ड निर्वाचन समितिद्वारा मतदाता नामावली प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here