गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्ड निर्वाचन समितिले एक सूचना जारी गर्दै निर्वाचन हुने दिनमा विधानले निर्देश गरे बमोजिम आफु नेपाली वा नेपाली मूल खुल्ने र स्विट्जरल्याण्ड भित्र बसोबास गरेको स्पष्ट प्रमाण खुल्ने कागजात देखाई सहयोग गरि दिनु हुन निर्वाचन समितिलेहार्दिक अनुरोध गरेको छ।

आगामी ३ सेप्टेम्बर बेर्नमा हुन गई रहेको निर्वाचनमा आफ्नो अमूल्य मताधिकार प्रयोग गरी निर्वाचन सफल बनाई दिनु हुन सम्पूर्ण पंजीकृत सदस्य साथिहरुमा निर्वाचन समितिकले हार्दिक अपिल गरेको छ।

निर्वाचन हुने स्थान, मिती र समय

स्थान:

Kirchgemeinde Petrus

Brunnadernstr. 40

3006 Bern

मिती:

०३ सेप्टम्बर २०१७

उम्मेदवारी दर्ता : ०१ सेप्टेम्बर शुक्रबार राति १०:०० बजे सम्म निर्वाचन समिति इमेल (thapabp@gmail.com वा lamsal2025@yahoo.it )  मार्फत उम्मेदवारी दर्ता गर्नु पर्ने।

उम्मेदवारहरुको  नामावली प्रकाशन : ०१ सेप्टेम्बर शुक्रबार राति १२:०० बजे

उम्मेदवारीमा दाबी बिरोध र उम्मेदवारी फिर्ता : ०२ सेप्टेम्बर शनिबार राति १२:०० बजे सम्म

मतदाता र अन्तिम उम्मेदवारहरुको  नामावली प्रकाशन : ०३ सेप्टेम्बर आइतबार बिहान १०:०० बजे

मतदान गर्ने समय : ०३ सेप्टेम्बर आइतबार बिहान १२:०० बजे देखि बेलुका :३० बजे सम्म

उम्मेदवारी दर्ता आबेदन फारमको लागि यहाँ किल्क गरी डाउनलोड गर्नु होस्।

Previous articleएन. आर. एन. ए. स्विट्जरल्याण्डको अधिवेशनको तयारी पुरा
Next articleएनआरएनए स्विट्जरल्याण्डको आईसिसि सदस्यमा धर्म गुरुङको उम्मेद्वारी घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here