गैर-आवासिय नेपाली संघ स्विट्जरल्याण्डको ९ औं बार्षिक साधरण सभा र ५ औं राष्ट्रिय महाधिबेशन यहि आउदो ०३ सेप्टेम्बर आईतबारको दिन स्विट्जरल्याण्डको राजधनी बर्न शहरमा हुन गईरहेको छ। संघले अधिबेशनको सम्पूर्ण तयारी  पुरा भएको जानकारी गराएको छ।

निष्पक्ष र प्रजातान्त्रिक ढंगाबाट सौहार्दपूर्ण वातावरणमा अधिवेशन सफल पार्न र नयां कार्यकाल (२०१७-२०१९) को कार्यसमिति चयन गर्न, निर्बाचन कमिटिको तयारी संगै सम्पूर्ण जिम्मेवारी संयोजक बिष्णु प्रसाद थापा लाइ दिएको र निर्वाचन सम्बन्धि सम्पूर्ण जानकारी निर्वाचन कमिटिले छिट्टै सूचना प्रकाशित गर्ने जानकारी संघले दिएको हो।

संघको बार्षिक साधारण सभा र राष्ट्रिय महाधिबेशनमा उपस्थित भई कार्यक्रमलाई भव्यरुपमा सफल पारीदिनुहुन सबै संघ-संस्थाका प्रतिनिधिहरु, पत्रकार मित्रहरु, सम्पूर्ण पञ्जिकृत सदस्यहरु र स्विट्जरल्याण्ड बासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई एनआरएनए स्विट्जरल्याण्डले हार्दिक अनुरोध गेरेको छ।

अधिबेशनको दिन २० स्वीस फ्रान्कमा नेपाली खाना र १ बोतल पानी सहितको व्यबस्था राज फुड नेपाल क्याटरिङ( राज कुमार शर्मा) ले गर्नेछ।

मितिः ०३ सेप्टेम्बर २०१७

कार्यक्रम शुरु हुने समयः बिहान १० बजे

स्थानः Kirchgemeinde Petrus

Brunnadernstr. 40

3006 Bern

उक्त दिन सोही स्थानमा स्विस नागरिकहरुको अर्को कार्यक्रम पनि हुने भएकोले उपस्थित सबैमा बिशेष ध्यान दिनुहुन संघले हार्दिक अनुरोध गरेको छ।

Previous articleएनआरएनए, स्विट्जरल्याण्डको महासचिव पदमा शुक्र श्रेष्ठको उम्मेद्वारी घोषणा
Next articleगैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्ड निर्वाचन समितिको अनुरोध

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here