३१ अगष्ट २०१७, स्विट्जरल्याण्ड। यहि सेप्टेम्बर ०३ तारीख बेर्नमा हुन गई रहेको गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डको निर्वाचनको लागि निर्वाचन समितिले एक जरुरी सूचना जारीगरेको छ।

एनआरएनए, स्विट्जरल्याण्ड निर्वाचन समितिले जारी गरेको सूचना।

गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डको पाँचौ राष्ट्रिय महाधिबेशन को निर्वाचन कार्यतालिका, नियमावली एवं आचारसंहिता !

गैर आवासिय  नेपाली संघ राष्ट्रिय समन्वय परिषद  स्विट्जरल्याण्डको यहि सेप्टेम्बर ०३ तारिख सम्पन्न हुन गई रहेको पाँचौ राष्ट्रिय महाधिबेशन समारोह तथा सोहि दिन हुने कार्यसमितिको निर्वाचन कार्यक्रम निम्न बमोजिमको निर्वाचन कार्यतालिका, नियामवली तथा आचारसंहिता अनुसार तोकिएको समय भित्र नै उम्मेदवारी दिन मताधिकार प्रयोग गर्नुका साथै निष्पक्ष ढंगले निर्वाचन प्रकृया सफल पार्न सहयोग गरि दिनु हुन सम्पूर्ण पंजीकृत सदस्यहरुलाई यस निर्वाचन समिति हार्दिक अनुरोध गर्दछ !

                        १. पंजीकृत सदस्स्य / मतदाता सम्बन्धि नियमावली

(क) गैर आवासिय  नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको संशोधित बिधान २०१५ को उपदफा ५.१ ले निर्देशन गरे बमोजिम सार्क मुलुकमा बसोवास गरेका, नेपाल सरकारबाट खटिई विदेश स्थित कुटनैतिक नियोग वा महावाणिज्य दुतावास मा बहाल रहेका कर्मचारी र विदेश स्थित शैछिक संस्थामा अध्यनरत बिद्यार्थी बाहेक दुइ वर्ष भन्दा बढी समय बिदेशमा रही कुनै पेशा, व्यवशाय र रोजगारी गरी बसोबास गर्ने नेपाली नागरिक वा नेपाली मुलका बिदेशी नागरिक हरु मात्र पंजीकृत सदस्स्य हुन पाउनेछन् !

(ख) निर्वाचन कार्यतालिका अनुशार २६ अगस्त २०१७ भित्र सदस्यता शुल्क वापत २० स्विस फ्रान्क बुझाएको हुनु पर्ने छ !

(ग)नेपाली मुलका बिदेशी नागरिक” को हकमा आफु नेपाली मुलको चिनाउने कुनै पनि नेपाली परिचय खुल्ने कागजात( नेपाली राहदानी, पुरानो नागरिकताको प्रमाण पत्र ) पेश गर्नु पर्ने छ !

                           २.  उम्मेदवारी सम्बन्धि नियमावली

क ) कुनै पनि पदमा उम्मेदवारी दिनको लागि गैर आवासिय  नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विस को पंजीकृत सदस्यता लिएको हुनु पर्ने छ !

ख ) राष्ट्रिय समन्वय परिषद अध्यक्ष र अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य पदको लागि कम्तिमा एक कार्यकाल राष्ट्रिय समन्वय परिषद  स्विट्जरल्याण्डको कार्यसमितिमा काम गरेको हुनु पर्नेछ !

ग ) निर्वाचन समितिको कार्यतालिका भित्र रहेर उम्मेदवारी शुल्क र उम्मेदवारी दर्ता फर्म भरि बुझाएको हुनु पर्ने छ ! पद र शुल्क यस प्रकार छन्

              अध्यक्ष १ जना ८०० स्विस फ्रान्क

             अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्स्य १ जना ८०० स्विस फ्रान्क

              उपाधक्ष्य  २ जना  ५००/५०० स्विस फ्रान्क

              महासचिब १ जना ५०० स्विस फ्रान्क

              सचिब  १ जना ३०० स्विस फ्रान्क

              कोषाधक्ष्य १ जना ३०० स्विस फ्रान्क

              सदस्स्य ५ जना जनही २०० स्विस फ्रान्क

              महिला संयोजक / युवा संयोजक १/१ जना जनही ३०० स्विस फ्रान्क

(उम्मेद्वारी मनोनयन दर्ता शुल्क निर्वाचन समिति मार्फत सिधै संघको राष्ट्रिय समन्वय परिषद को खातामा जम्मा गरिने छ! जम्मा भएको  उक्त रकम जुनसुकै अवस्था को उम्मेदवार भए पनि फिर्ता हुने छैन ! )

घ ) प्रत्येक उम्मेदवारले पंजीकृत सदस्य बाट १/१ जना प्रश्तावक र समर्थक राख्नु पर्ने छ

ङ) प्रश्तावक र समर्थक भएको व्यक्ति उम्मेदवार हुन पाउने छैन !

च )निर्वाचन समितिका कुनै पनि सदस्य उम्मेदवारको प्रश्तावक वा समर्थक बन्न / रहन पाउने छैन !

छ ) कुनै पनि राजनैतिक , धार्मिक , जातिय एवं क्षेत्रीय बिषय संग प्रेरित संगठनका कार्यसमितिका सदस्यहरु उम्मेदवार हुन पाउने छैन , अन्न्यथा सो संस्थाको सदस्यता त्यागेको प्रमाण पेश गर्नु पर्ने छ !

                               ३ . निर्वाचन आचारसंहिता

क ) उम्मेदवारले आफ्नो प्यानल खडा गरि उम्मेदवारी दिन तथा समुहगत प्रचार – प्रसार गर्न पाउने छैन !

ख ) कुनै पनि उम्मेदवार ले राजनीति , धार्मिक , जातिय एवं क्षेत्रीय नारा दिई प्रचार प्रसार गर्न पाउने छैन !

ग) कुनै पनि उम्मेदवारले एक अर्का बिरुद्द व्यक्तिगत टिका टिप्पणी तथा गालि -गलौज गर्न पाउने छैन !

घ) तोकेको आचारसंहिता एवं नियामावली उल्लङ्घन गर्ने उम्मेदवारको उम्मेदवारी निर्वाचन समितिले रद्द गर्न सक्नेछ !

ङ) निर्वाचन सम्बन्धि कुनै पनि बिषयमा देखिएको विवाद तथा अष्पष्टताको बारेमा निर्वाचन समितिको निर्णय अन्तिम हुनेछ !

                          ४ . निर्वाचन कार्यतालिका

उम्मेदवारी दर्ता : ०१ सेप्टेम्बर शुक्रबार राति १०:०० बजे सम्म निर्वाचन समितिमा इ मेल ( thapabp@gmail.com वा lamsal2025@yahoo.it )  मार्फत उम्मेदवारी दर्ता गर्नु पर्नेछ /

उम्मेदवारहरुको  नामावली प्रकाशन : ०१ सेप्टेम्बर शुक्रबार राति १२:०० बजे

उम्मेदवारीमा दाबी बिरोध र उम्मेदवारी फिर्ता : ०२ सेप्टेम्बर शनिबार राति १२:०० बजे सम्म

मतदाता र अन्तिम उम्मेदवारहरुको  नामावली प्रकाशन : ०३ सेप्टेम्बर आइतबार बिहान १०:०० बजे

मतदान गर्ने समय : ०३ सेप्टेम्बर आइतबार बिहान १२:०० बजे देखि बेलुका ४:३० बजे सम्म

निर्वाचन समिति २०१७

गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, स्विट्जरल्याण्ड

Previous articleपरदेशीको कहानीमा दशैँ गीत ‘म छु यता मुग्लानमा’ सार्वजनिक (भिडियोसहित)
Next articleपन्तले गरे एनआरएनए, स्विट्जरल्याण्डको महासचिवमा उम्मेद्वारी घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here