काठमाडौं

नेपालीहरुको महान पर्व दशैँ तथा तिहारको अवसर पारेर गायक चुडामणि नेपाली र पूर्णकला बिसीको स्वरमा ‘म छु यता मुग्लानमा’ बोलको लोकदोहोरी गीत सार्वजनिक गरिएको छ ।
सुनखानी म्युजिक प्रालिको प्रस्तुतीमा प्रदेशमा रहेका युवाहरु र घरदेशमा रहेको परिवारको कथालाई समावेश गरेर उक्त गीत निर्माण गरिएको हो ।


‘म छु यता मुग्लानमा’को शब्द सिर्जना गीतकार गणेश चौलागाइले गरेका हुन् भने गायक बिरही कार्कीले लय सिर्जना गरेका हुन् ।

गीतको म्युजिक भिडियोतर्फ कुमार केसीको निर्देशनमा नायिका तथा मोडल रन्जिता गुरुङ र महेन्द्र गौतमको सशक्त अभिनय रहेको छ भने रन्जिता र महेन्द्रलाई बालकलाकार बिशाल कार्की र हिमानी कार्कीले अभिनयमा साथ दिएका छन् ।


गीतमा परदेशीको कहानी समावेश रहेको छ । आफू मुग्लानमा हुँदा पाएको दुःख मुग्लान जाँदा साहुसँग लिएको ऋण फिर्ता गर्न नसकेको पीडा उतारिएको छ । जसमा हिन्दुहरुको महान पर्व दशैँ र तिहार जस्तो ठूलो चाडमा परिवारबाट टाढा रहनु पर्दाको पीडा र साहुको कचकचिलाई देखाईएको छ ।
गीतलाई अजय रेग्मीले छायांकन गरेका हुन् भने अनुप शिवाकोटीले सम्पादन गरेका हुन् । जसलाई सुनखानी म्युजिक प्रालिले नै बजार व्यवस्थापन गरेको छ ।

भिडियो लिंक

 

Previous articleतीन महिनाभित्र सवै पत्रकारको हातमा नियुक्ति पत्र : महासंघ अध्यक्ष आचार्य
Next articleएनआरएनए, स्विट्जरल्याण्ड निर्वाचन समितिको जरुरी सूचना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here