जर्मनी/ युरोपको लोकप्रिय अनलाईन पत्रिका नेपालीनेपाली डटकमले गैर आबासीय नेपाली संघ (एनआरएनए) लाई “एक एनसीसी एक पाठशाला” को अबधाराणा अघि बढाउँन सुझाव दिएको छ। गत साता जर्मनीमा सम्पन्न तेस्रो बार्षिकोत्सव समारोहमा मिडियाले एक बिशेष भिडियो रिपोर्ट प्रस्तुत गर्दै सुझाव पेश गरेको हो। युरोपमा केहि मुलुकहरुमा एनआरएन बालबालिकाहरुलाई नेपाली भाषा सिकाउन गरिएका प्रयास बारे रिपोर्टमा उल्लेख गरिएको छ।

डेनमार्क,स्पेन,जर्मनी,नेदरल्याण्डस् र बेल्जियममा नेपाली भाषा सिकाउन गरिएका प्रयासलाई समेटेर भिडियो तयार गरिएको नेपालीनेपाली डटकमले जनाएको छ। गैर आबासीय नेपाली संघका अध्यक्ष शेष घले,संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पुर्ब अध्यक्ष जीवा लामिछाने लगायत एनआरएन अभियन्ताहरुले यसबारे चासो ब्यक्त गरेका थिए।

मिडियाको कार्यक्रम लगत्तै भएको एनआरएनको दशौ युरोपेली बैठकमा पनि यस बिषयमा आबाज उठेको छ। बैठक पछि जारी बिज्ञप्तिमा प्रवासमा नेपाली बालबालिकाहरुका निम्ति नेपाली भाषा, लिपि, संस्कार, संस्कृति सिकाउन भिडियो कार्टुन, ट्याबलेट गेम तथा प्रवास सापेक्ष पाठ्यसामग्री निर्माण गर्न पहल गर्न अन्तर्राष्ट्रिय समन्वय परिषदलाई अनुरोध गर्दछ भनी उल्लेख छ।

नेपालीनेपाली डटकमले तयार पारेको भिडियो रिपोर्ट

Previous articleसमय अनुसार युरोपेली बैठक परिमार्जन भईरहेका छन् :-एनआरएन सचिव श्रेष्ठ (अन्तरबार्ता)
Next articleहाँस्यकलाकार भन्छन्, ‘व्यङ्ग्य विधा छाडा भयो, अब नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here