काभ्रे जिल्ला हाल जर्मनीमा बसोबास गर्दै आउनु भएका श्री ज्ञान प्रसाद गौतम एवम कौशल्या गौतमकी छोरा  केदार प्रसाद गौतम तथा बुहारी  राजन देवी गौतम  परिवारले हरेक घर धारो होस् , हरेक गाउँ सिंचाइ नारा अगाडि सारेर बिदेशी भुमी पोल्यान्डबाट शुरुवात भएको घोराही ४ सुनपुर दाङमा चलिरहेको करोड पानी अभियानलाई स्वर्गीय पूजनीय राम चन्द्र चौलागाईंको सम्झनामा बार्हौ दिनको पूण्य तिथि पारेर रु २५ हजार सहयोग गरेको छ।

चौलागाईं पनि सामाजिक काम गर्दागर्दै जीवन व्यतीत गरेको र सबैले पानी पाउनुपर्छ भनेर शुरूवात भएको पानी अभियानमा उहाँको नाम पारेर सहयोग गर्न पाउँदा आफुलाई खुशी लागेको उनकी नातिनी तथा सीता देबि चौलागाईंकी छोरी  रजनी देबि गौतमले बताए।

उक्त सहयोगको लागि आभार प्रकट गर्दै पानी अभियानकर्ता फेसबूकमा लेख्छन्: राजन देबि गौतम एवम केदार प्रसाद गौतम ज्यू , आज तपाइहरुको यो कदमलाई सलाम गर्दछु । स्वर्गीय हजुरवुवाको पुण्य तिथि पारेर पानी अभियानमा जुन सहयोग गर्नु भयो त्यो सहयोगप्रति आभार प्रकट गर्दछु । स्वर्गीय हजुरबुवाको सामाजिक कामले अरुलाई प्रेरित गरे झै तपाइहरुको पबित्र कामले अवश्य  काकाकुल प्राणिहरुले तिर्खाएका ओठ्हरु भिजाउने पानी पाउनेछन्  । जुनदिन  हरेक घरमा धारो हुने र हरेक गाउँमा सिंचाइ हुने सुनिश्चितता हुदैन त्यो दिन सम्म जिवित एवम स्वर्गीय आत्माहरुको शान्तिको लागि  कराइरहनेछु , बोलिरहनेछु ।

Previous articleनेपाली जनप्रगतिशिल मन्च स्विट्जरल्याण्ड द्वारा हार्दिक श्रद्धाञ्जली
Next articleलन्डनमा बक्स अफिस फ़िल्म फेयर अवार्ड २०१७ सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here