बार्सिलोना। बिदेशमा नै जन्मेर यतै हुर्केका बालबालिकाहरुलाई नेपाली भाषा र सस्कृति सिकाउन प्रेरित गर्दै युरोपमा बिशेष कार्यक्रम हुने भएको छ।आगामी जुलाई २८ तारिख जर्मनीको फ्रयांकफर्टमा एक भब्य समारोह बीच कार्यक्रम हुन लागेको हो।

युरोपको लोकप्रिय अनलाईन मिडिया नेपालीनेपाली डटकमले आफ्नो तेस्रो बार्षिकोत्सवको अबसरमा “हाम्रो भाषा र संस्कृति,पहिचानको आधार स्तम्भ” भन्दै सन्देश मुलुक कार्यक्रम गर्न लागेको हो। गैर आबासीय नेपाली संघका अभियन्ताहरुको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको उक्त समारोहबाट प्रत्येक राष्ट्रिय समन्वय परिषदले कम्तीमा एउटा नेपाली भाषा कक्षा संचालन गर्न प्रेरित गरिने भएको छ।

नेपालीनेपाली डटकमका प्रधानसम्पादक बसन्त रानाभाटले युरोपभर नेपाली बालबालिकाहरु कसरी नेपाली भाषा सिकिरहेका छन् यो बारे बिशेष भिडियो सामाग्री प्रस्तुत गरिने बताए। रानाभाटले भने,”हरेक बर्ष नयाँ-नयाँ सोचका साथ कार्यक्रम गर्ने कोशिस गरिरहेका छौ,यसपटक पनि बालबालिकाहरुको भविष्यलाई केन्द्रित गर्दै, नेपाली समुदायलाई केही सन्देश दिन सकिने गरी तयारी थालिरहेका छौ।”

देशमा बिनाशकारी भूकम्प गएको बर्ष “गाउँ फर्क अभियान” र गत बर्ष नेपालको पर्यटन प्रर्वद्वनका लागि बिशेष कार्यक्रम गरिएको थियो। स्पेनको बार्सिलोनामा सम्पन्न कार्यक्रममा बीबीसी नेपाली सेवाका पुर्ब प्रमुख खगेन्द्र नेपालीलाई बिशेष सम्मान गरिएको थियो। “युरोप बर्ष व्यक्तित्व सम्मान” तथा कलाकारिता क्षेत्रबाट योगदान दिने व्यक्तित्वलाई पनि हरेक बर्ष मिडियाले सम्मान गर्दै आएको छ।

Previous article२६ बर्षिया आईना बार्का ३० नेपाली अपाङग बालबालिका हरुकी गुरूआमा (भिडियो अन्तर्वाता)
Next articleजुरीखको बुखेग प्लाजमा कान्टोन स्तरीय भलिबल प्रतियोगिता हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here