प्रभाकर शर्मा , बेल्जियम। गायक  तथा संगीतकार चेतन सापकोटाको युरोप भ्रमण निकै सफल भएको छ। जनप्रगतिशील मन्च बेल्जियमको निमन्त्रणामा शुरुमा  दुइवटा कार्यक्रमको लागि आएका सापकोटाको प्रस्तुति रूचाइए पछि युरोपका ९ वटा देशहरुमा १५ वटा कार्यक्रम गर्नु परेको थियो।  बेल्जियममा पहिलो कार्यक्रममा उनको प्रस्तुति देखेर अन्य ६ वटा कार्यकमहरु थपिएका थिए भने डेनमार्कमा दर्शकको माग बढेपछि उनले दोहोराएर कार्यक्रम गर्नु परको थियो।

युरोपको कार्यक्रमबाट उत्साहित भएर आफ्नो संगीतमा २ वटा एल्बम निकाल्ने घोषणा गरेका छन्।  पहिलो एल्बममा बेल्जियम निबासी चर्चित गायक नारायण धितालको  स्वर र अर्जुन भिखारीको शब्द रहने छ भने दोस्रो एल्बममा   यसु थापाको शब्दमा  स्पेन निबासी गायक तुलसी सिवाकोटी, बेल्जियम निबासी गायक नारायण धिताल, अन्जु पन्त, शिव परियार, प्रमोद खरेल, कृष्ण काफ्ले लगायतको स्वर रहने छ।  युरोप भ्रमणकै क्रममा उनले नयाँ  गीत “मेरो देशमा बुद्ध पठाईदेऊ ” को म्युजिक भिडियो स्पेनमा बनाएका छन्।  गंगाराम सापकोटा को छायांकन र सम्पादन रहेको गीत को निर्देशन उनले आफै गरेका छन्।

फिल्म निर्माता समेत रहेका सापकोटाले   नयाँ  फिल्म निर्माण गर्ने  इच्छुकहरुलाई नेपालको अहिलेको फिल्म निर्माण क्यासिनो भन्दा पनि डर लाग्दो भएकोले नबुझी फिल्म निर्माणमा हात नहाल्न अनुरोध  गरेका छन्।  फिल्मको पारदर्शी बजार ब्यबस्थापन ( बक्स अफिस ) लागु  गर्ने पहल भइरहेको र  त्यसभएपछि मात्र आफु फिल्म निर्माणमा लाग्ने सापकोटाले बताएका छन्।

Previous articleटेन्बा गुरुङको पहलमा साक्य कलेजलाई २००० स्वीस फ्रान्क सहयोग
Next articleमलाई नेपाल र नेपालीको साथ भो भने पानी नारा यु एन सम्म पुर्याउनेछु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here