१२ मे २०१७, स्विट्जरल्याण्ड। स्विट्जरल्याण्डको सरगन्समा बसोबास गर्दै आइरहेका टेन्बा गुरुङले २००० स्वीस फ्रान्क संकलन गरि भारतको देरादुन स्थित साक्य कलेजलाई सहयोग गरेको छ। पुर्खौली घर अपर मुस्ताङका टेन्बा गुरुङको पहलमा संकलन गरेको उक्त सहयोग रकम २००० स्वीस फ्रान्क लगभग भा. रू. १२६८४५ बैंक मार्फत उनले साक्य कलेजलाई पठाएको हो।

बुद्ध जन्मेको देश नेपाल र हिमाली भेगमा प्राय बुद्ध धर्मलाई विश्वास गर्नेहरुको बसोबास रहेको तर हिमाली भेगका गरिबी र पारिवारि समस्यामा परेको बालबालिकाहरु लाई भारतको साक्य कलेजमा लगेर छोड्ने गरेको देख्दा गुरुङ दुखी हुदै सहयोग संकलन गर्न शुरु गरेको उनले बताए।

सहयोगी टेन्बा गुरुङ

साक्य कलेज ई. स. १९७२ सालमा महा उपध्याय आपे रिन्पोछेले भारतको देरादुनमा स्थापना गरेका थिए। यस कलेजमा उच्च बौद्ध शिक्षा, तिब्बती संस्कृति र पारम्परिक शिक्षा बिद्यार्थीहरुले अध्यन गर्ने गर्दछन्। जसमा तिब्बत, भारत, भुटान र नेपालको हिमालीभेगका पारिवारिक समस्या भएका बिभिन्न क्षेत्रका विद्यार्थीहरु अध्यन गर्छन्। यस कलेजको मुख्य उदेश्य भनेको गरिबी र बिभिन्न समस्यामा परेका बालबालिकाहरु लाई उच्च बौद्ध शिक्षा र स्वास्थ्य सम्बन्धी आवश्यकत्ताहरु जति सक्दो पूरा गर्नु हो। कलेजले १३ औं कक्षा उत्तिर्ण गरेमा राबज्याम्पा (विद्यावारिधि) को प्रमाण पत्र प्रदान गर्दै आएको छ।

Previous articleगैर आवासीय नेपालि संघ मेड्रिड शाखाको अधिबेशन सम्पन्न
Next articleकलाकार सापकोटाको सफल युरोप भ्रमण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here