५ अप्रिल २०१७, स्विट्जरल्याण्ड। स्विट्जरल्याण्डको जुरीख कान्टोनको उइन्टरथुर स्थित हिन्दू मन्दिरमा बसेको एक वृहद भेलाले स्विट्जरल्याण्डका हिन्दूहरु लाई एकीकृत गर्ने उदेश्यले “हिन्दू धर्म लागि स्विस छाता संगठन” (Schweizerischer Dachverband für Hinduismus) नामक संस्था गठन गरेको छ।

यही २ अप्रिल २०१७ आईतबारको दिन बसेको उक्त भेलाले स्वमी विवेकानन्दको अध्यक्षतामा एक सदस्य पछि थप्ने गरि ९ सदस्य कमिटी गठन गरेका छन्। कमिटीमा दुई जना लेखापाल छन्। स्विट्जरल्याण्डको बिभिन्न सहरहरु बाट आएका हिन्दू र हिन्दू मन्दिरहरुका प्रतिनिधिहरुले उनिहरुलाई निर्वाचित गरेको हो।

नेपाली हिन्दू समुदायको तर्फबाट संगठनको कमिटीमा स्वीस नेपाली समाजका पूर्व अध्यक्ष माधव आचार्य कोषाध्यक्षमा र गैर-आवासीय नेपाली संघ स्विट्जरल्याण्डका सल्लाहकार डा. राजु अधिकारी लेखापालमा निर्वाचित भएका छन।

भजन कीर्तन र दिप प्रज्वलन गरि सुरु गरेको कार्यक्रममा हिन्दू संघ युरोपका अध्यक्ष डा. लक्ष्मी वेशले मन्तव्य व्यक्त गर्दै उनीले भनिन्न, “हिन्दू धर्म भित्र जातिय भेदभाव रहेको र यसैको लागि म लडिरहेको छु। यस भेदभावलाई समाप्त गर्न म लागिरहने छु र तपाईहरु सबैको साथ र सहयोगको जरुरी छ।”

मन्तव्यकै क्रममा स्विट्जरल्याण्ड स्थित बिभिन्न हिन्दु मन्दिरबाट आएका प्रतिनिधिहरुले आ-आफ्नो बिचार व्यक्त गरेका थिए।

भास्कर ले संचालन गरेको कार्यक्रममा कृष्ण प्रेमारुपा दसा (Christoph Truttmann) ले संस्थाको उदेश्यबारे जानकारी गराएको थियो। अझै यस संस्थाबारे जान्न र बुझ्न चाहेमा उनी संग सिधै संम्पर्क गर्न सक्ने उनले बताए।

नेपाली, श्रीलंका, ईन्डियन, बंगलादेश र स्वीस नागरीकहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्त्यमा केहि वक्ताहरुले भने, “यो संगठन धेरै पहिला देखि गठन गर्न खोजेको थियौं। बिभिन्न कारण बस गठन हुन सकेको थिएन। आज स्विट्जरल्याण्डमा हिन्दू संगठन गठन भएको छ। धेरै खुसी लागेको छ। यो संगठनले स्वीट्जरल्याण्डमा रहेका हिन्दूहरु लाई एकीकृत गर्ने छ।”

भजन कीर्तन र प्रसाद वितरण गर्दै कार्यक्रम समापन गरेका थिए।

Previous articleस्विट्जरल्याण्डमा विज्ञान तथा प्राबिधिक गोष्ठीको आयोजना
Next articleइनास युरोप-पाँचौ क्षेत्रीय कार्यक्रमको तयारी अन्तिम चरणमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here