पानी अभियानको  नारा सफल होस् भन्ने चाहना व्यक्त गर्दै पोल्यान्डको वारसवामा अवस्थित रेस्टुरेन्ट” एभरेस्ट  लन्ज”ले पोल्यान्डमा नै पहिलोचोटि पोलिश र नेपाली कलाकारहरुबाट प्रत्यक्ष रुपमा  पानी अभियान सहयोगार्थ नेपाली नयाँ वर्षको सन्दर्भ पारेर  अप्रिल १४ गते २०१७ मा  सांगीतिक प्रस्तुति  एवम राती  १२ बजे अतिसवाज पनि देखाइने कार्यक्रम गर्न लागेको खबर प्राप्त भएको छ ।
यसरी देश विदेशबाट पानी अभियानलाई स्वस्फूर्त साथ र समर्थन पाएपछि पानी अभियानकर्ता फेसबूक पेजमा लेख्छन् ।
“पानी अभियानले विस्तारै मुभमेन्टको रुप लिनेछ । आशा छ यो अभियानमा तपाईंहरु सबैको साथ हुनेछ । समाज  रगत बगाएर होइन पानी बगाएर परिवर्तन गर्नुछ । शुरुमा हरेकको दिमागमा पानी बगाउनुछ । दिमागमा पानी बगिसकेपछि जमिनमा पानी बगाउन कुनै गार्हो हुनेछैन  । मेरो सामाजिक जीवन अलि बढी पानी  नारामा समर्पित भएकोले  म पानी अभियानबारे लगातार १ वर्ष देखि चर्चा गरिरहेको छु । कसैलाई झर्को लाग्ला कसैलाई कति एउटै कुरा गर्छ भन्ने पनि हुनुहोला ? एउटा कविलाई जसरी उसको कविता  जब सम्म प्रकाशित हुँदैन तब सम्म सन्तुस्टी हुँदैन । म पनि जब सम्म पानी अभियान सफल हुँदैन जब सम्म अभियानको नारा सफल हुँदैन  तब सम्म सन्तुस्टी हुँदैन । ”
स्मरण रहोस् पानी अभियान सहयोगार्थ  विभिन्न देशहरूमा विभिन्न कार्यक्रम स्वस्फूर्त रुपमा गरि अभियानको नारा साकार पार्न विभिन्न  क्षेत्रमा दबाब दिने खबर पनि प्राप्त भैरहेको छ।

Previous articleगायक धितालको अर्को मर्मस्पर्शी म्युजिक भिडियो “यति बेला उनीलाई ” सार्वजनिक
Next articleमौलिक लोकलयको गीत “तिन जुरेको डांडैमा” सार्बजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here