न त कुनै पुराण , न त कुनै सम्मान,  न त कुनै खादा  ,न त कुनै पत्रकार सम्मेलन,  दाङ जिल्ला देउखुरी निवासी  श्री होम प्रसाद शर्मा घिमिरेले  थारु समुदायको बढी बाहुल्यता रहेको ८ सम्म पढाइ हुने दीपेन्द्र आधारभुत विद्यालय देउखुरी पर्सेनी दाङको लागि रु ३० (तीस ) लाख मुल्य बराबरको झन्डै ५ कट्ठा १६ धूर जग्गा दान गर्नु भएको छ  । २०४५ सालमा स्थापना भएको विद्यालय हाल मावी हुने क्रममा रहेको जानकारी पनि श्री होम प्रसाद्ले गराउनु भएको छ   । हाल उक्त विद्यालयमा झन्डै ७०० विध्यार्थी अध्ययन गरिरहेका छन्। उक्त   विद्यालयको लागि यति ठुलो सहयोग गरेकोमा उहाको परिवार जुनमाया घिमिरे शर्मा एवम छोराहरु सन्दिप घिमिरे, सविन घिमिरे एवम घिमिरे परिवारप्रति सोही विद्यालयका प्रधानाध्यापक लाल बहादुर भण्डारीले हार्दिक आभार प्रकट गर्नु भएको छ।

स्मरण रहोस् उक्त विद्यालयमा थारु (चौधरी) समुदायको वाहुल्यता रहेको छ । उक्त विद्यालयको नाममा जग्गा नामसारी गर्न पाउदा आफुलाई गर्व लागेको र आफु धेरै खुशी भएको   जग्गा दाता श्री होम प्रसाद शर्माले व्यक्त गर्नु भएको छ।

Previous articleनेदरल्याण्डका पूजा, सूर्य र मित्रले यूरोपस्तरीय प्रतिष्पर्धामा भाग लिने
Next articleक्यानाडाबाट रजौरे परिवारले पनि पानी अभियानलाई लाख दिने घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here