द्रोण रिजाल्, नेदरल्यान्ड्।  नेदरल्याण्डका कलाकारहरु पूजा लिम्बू, सूर्य भण्डारी र मित्र राई डेनमार्कमा हुने अन्तिम प्रतिष्पर्धाका लागि छानिएका छन। यही २१ जनवरी २०१७ को दिन इनास नेदरल्यान्डले लिएको अडीशनमा कडा प्रतिस्पर्धाका बिच यी कलाकारहरु छानिएका हुन।

आमस्टर्डाममा रहेको बुद्व एकेडमीको हलमा सम्पन्न अडीशनमा छानिएका कलाकारहरुले अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूरोपको आउँदो अप्रिल महिनाको १३ र १४ तारिक डेन्मार्कमा हुने पाँचौ यूरोप स्तरीय नृत्य प्रतियोगिता र दोश्रो गायन प्रतियोगितामा नेदरल्याण्डका तर्फबाट भाग लिनेछन।  कार्यक्रममा गत वर्षको प्रतियोगितामा नेदरल्याण्डको तर्फबाट भाग लिएर तृतीय भई दर्पण छायाँ २ नामक चलचित्रमा अभिनय गरेका कलाकार तूफ़ान घले र नेपाली भाषा र संस्कृतिको लागि कार्य गर्दै गरेको बुद्व एकेडेमीलाई सम्मान तथा कदर गरिएको थियो।

इनास युरोपले हरेक वर्ष यूरोप महादेश स्तरीय संचालन गर्दै युरोपमा रहेका कलाकारहरुको लागि ठूलो प्लेटफर्म दिदै आएको छ। इनासको यो पाँचौ यूरोप महादेश स्तरीय कार्यक्रम हो। यस अघि चौथो कार्यक्रम स्विजरल्याण्डमा भएको थियो। यसपटकको कार्यक्रममा नेदरल्यान्डस, बेल्जियम, फ्रान्स, जर्मनी, बेलायत, स्पेन, इटाली, पोल्याण्ड, पोर्चुगल, डेनमार्क, स्विट्जरल्याण्ड, नर्वे, स्वीडन, फिनल्याण्ड, चेक गणतन्त्रका कलाकारहरुले ठूलो संख्यामा भाग लिने आयोजकले जनाएका छन। प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने कलाकारले  इनास यूरोप सिन्गिंग र गायन स्टार २०१७ को उपाधिसहित नगद  ७०० यूरो, ५०० यूरो र ३०० यूरो र ट्रफी  प्राप्त गर्नेछन भने विभिन्न चलचित्र, म्यूजिक भिडियोहरुमा गायन र अभिनयको साथै अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरुमा समेत सहभागी हुने अबसर पाउने भएका छन।

Previous articleभूकम्प पीडितको लागि सहयोग जुटाउन एनआरएन उपाध्यक्ष पन्त क्यानाडामा, एकै दिनमा १० लाख उठ्यो
Next articleघिमिरे परिवारबाट झन्डै तीस लाख बराबरको विद्यालयलाई जग्गा दान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here